घरबेटीलाई कुलमानको चेतावनीः बिजुलीको शुल्क धेरै लिए कडा कारवाही हुन्छ


न्युज अफ नेपाल, काठमाडौं ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले घरबेटीहरुलाई बिजुलीको शुल्क अत्याधिक नलिन चेतावनी दिएका छन् ।

केही घरबेटीले प्राधिकरणले तोकेकोभन्दा धेरै शुल्क लिएको गुनासो आएको भन्दै उनले कुनै पनि घरबेटीले भाडामा बस्नेसँग प्राधिकरणले तोकेको शुल्कभन्दा धेरै शुल्क नलिन आग्रह गरेका हुन् । उनले भने , ‘घरबेटीले बिजुलीको व्यापार गर्न पाउँदैनन्, प्राधिकरणलाई उनीहरुले जति तिर्छन्, भाडावालसँगबाट पनि उत्ति नै लिनुपर्छ, बढी लिए कारबाही हुन्छ ।’