वरिष्ठ पत्रकार भैरव रिसाल सम्मानित


भक्तपुर, (नेस)।अरनिको माध्यमिक विद्यालय दधिकोटले वरिष्ठ पत्रकार भैरव रिसाललाई सम्मान गरेको छ। छात्रवृत्ति कोष स्थापना गरेर गरिब र जेहेनदार विद्यार्थीलाई अध्ययन गर्ने अवसर दिएको भन्दै विद्यालयले रिसाल र व्यवस्थापन समितिका पूर्वअध्यक्ष जगतबहादुर खड्कालाई सम्मान गरेको हो।

सूर्यविनायक नगरपालिकाका मेयर बासुदेव थापाले कक्षा ११ का विद्यार्थी स्वागत र पुरस्कार वितरण कार्यक्रममा दुवै जनालाई प्रमाणपत्र दिएर सम्मान गर्नुभयो।

विद्यालयका प्रधानाध्यापक लेखनाथ रिमालका अनुसार रिसालले सुशीला भैरव छात्रवृत्ति कोषमा तीन लाख र खड्काले सानु–जगत छात्रवृत्ति कोषमा १ लाख ५० हजार रुपियाँ राख्नुभएको छ।

छात्रवृत्ति कोषको व्याजले हरेक वर्ष विद्यार्थीलाई छात्रवृत्ति दिने गरेका छन्। विद्यालयका सहायक प्राचार्य दीपक चपाईंका अनुसार यसपालि सुशीला भैरव छात्रवृत्ति १० जनालाई र सानु जगत छात्रवृत्ति ४ जनालाई प्रदान गरिएको छ।