पासाङ ल्हामु राजमामार्ग अवरुद्ध भएपछि मानसरोबर जान हेलिकप्टर


सरस्वति न्यौपाने, रसुवा ।
अन्तराष्ट्रिय नाका हुँदै मानसरेबर तीर्थ जाने भारतिय नागरिक पासाङ ल्हामु राजमार्ग अवरुद्ध भएपछि हेलिकप्टरबाट स्याफ्रुवेशी जान थालेका छन ।

कैलास यात्राका लागी छोटो दुरीको रुपमा रहेको एक मात्र उत्तरी नाका रसुवागढी पुग्न राजमार्ग अवरुद्ध भएपछि हेलिकप्टर मार्फत काठमाण्डौबाट स्याफ्रुवेशी जान र आउन थालिएको ट्रेकिङ कम्पनीहरुले बताए ।

बुधबार काठमाण्डौबाट रसुवा गढी हुदै मानसरोबर यात्राको लागी बुधबार ५५ गैर आवसिय नेपाली बोकी हिडेको बस पहिरोका कारण राम्चेमा रोकिएपछि ती यात्रु लाई सिम्रिक एयरको हेलिकप्टर द्धारा विहिवार स्याफ्रुवेशी लगिएको टे«किङ कम्पनीले जनाएको छ ।

अध्यागमन कार्यालय रसुवागढीका प्रमुख विष्णु धर्तीका अनुसार २०७६ बैशाख देखि भदौ २७ गते सम्म १४ हजार ५०० तिर्थ यात्रुले मानसरोबर कैलाश यात्रा सम्पन्न गरेका छन । मानसरोबर कैलाश यात्राका लागी बढी मात्रामा भारतिय तीर्थयात्रु जाने गरेका छन ।

चिनको तिब्बतमा पर्ने कैलाश मानसरोबर यात्राका लागी हुुम्लाबाट जान हिस्सा सम्म हाइमार्ग प्रयोग गर्नु पर्ने रसुवागढी नाका प्रयोग गर्दा स्थलगत रुपमा जान सकिने भएकाले विगत दुई वर्षयता बढी यात्रुले रसुवागढी नाका प्रयोग गर्न थालेको प्रमुख धर्तीले जानकारी दिए ।

पौराणिक कथन अनुसार भगवान शिवलगायत ब्रहमा देवगण मरिचि, रावण, भस्माशुर र आदिले यस कैलाश मानसरोबर मा तपस्या गरेका थिए । यो पर्वत हिन्दु बौद्ध जनै, आदी धर्मावलम्बीहरु साझा तपोभुमी पनि भएका कारण जसले गर्दा पवित्र धार्मिक स्थलका रुपमा लिएकोमा मानसरोबर कैलाश यात्रा सूरु भउको हो । यस पर्वतको उचाई छ हजार ७ सय १४ मिटर र परिधि ४३ कि.मि.रहेको छ ।