बागलुङमा ६ जनामा डेंगको संक्रमण


बागलुङ : धौलागिरि अञ्चल अस्पताल बागलुङमा डेंगु जाँच गराउने बिरामीको संख्या बढेको छ।डेंगुले मानिसको ज्यान लिन थालेपछि अस्पतालमा चेकजाँच गराउन आउनेको संख्या बढेको अस्पतालले जनाएको छ।

देशैभर डेंगू संक्रमण फैलिएपछि सामान्य ज्वरो आउँदा पनि स्वास्थ्य जाँच गराउन अस्पतालमा दैनिक १० बढी बिरामी आउने गरेको धौलागिरि अञ्चल अस्पताल बागलुङका मेडिकलले बताइएको छ

अस्पतालले त्यस्ता बिरामीको रगत, पिसाब जाँच गर्ने र सेतो रगतको कमी देखिएमा मात्र डेंगुको परीक्षण गर्ने गरेको छ । अहिलेसम्म डेंगू परीक्षण गरेकामध्ये ३ जनामा संक्रमण पत्ता लागेको बताइएको छ । पोखरामा पनि १ जनामा डेंगुको संक्रमण देखिएको छ।

यसअघि बागलुङ घरका पोखरामा बस्ने २ जनामा पनि डेंगुको संक्रमण भटिएको गण्डकी प्रदेश स्वास्थ्य कार्यालय बागलुङले जानकारी दिएको छ । उनीहरुको पोखरा फेवासिटी हस्पिटल र गण्डकी अस्पताल बागलुङमा डेंगुको संक्रमण भएको पत्ता लागेको हो । जिल्लामै डेंगुको संक्रमण भेटिएपछि बागलुङ नगरपालिकाको कार्यालयले सर्तकता अपनाउन आग्रह गरेको छ ।

स्वास्थ्य कार्यालयले जिल्लाका सबै स्थानिय तहलाई यसप्रति सचेत हुन पत्रचार समेत गरेको छ। अहिलेलाई शंकास्पद बिरामीको धौलागिरि अञ्चल अस्पतालमा उपचार भइरहेको गण्डकी प्रदेश स्वास्थ्य कार्यालय बागलुङले बताइएको छ