डेंगुबाट बर्दियामा एकको मृत्यु


नेपालगन्ज, डेंगुबाट बाँकेमा उपचार गराइरहेका एकजनाको मृत्यु भएको छ । बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका( ८ का ३४ वर्षीय ज्ञानु थारुको नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगन्जमा उपचारका क्रममा मृत्यु भएको हो ।

जिल्ला स्वास्थ्य कार्यालय बाँकेका किटजन्य रोग फोकल पर्शन दुर्गा गौतमका अनुसार थारुको बुधबार राति निधन भएको थियो । बिहीबार मात्रै उनको मृत्यु डेंगुबाट भएको रिपोर्ट आएको थियो । थारु २४ भदौमा अस्पतालमा सिकिस्त अवस्थामा भर्ना भएका थारुलाई डा।मधु अर्यालले उपचार गरिरहेका थिए ।

अस्पताल प्रशासनले पनि थारुको मृत्यु डेंगुका कारण भएको जनाएको छ । प्रशासन प्रमुख कुमार अधिकारीले अन्नपूर्णसँग भने, ुशिक्षण अस्पतालमा दुईजनाको उपचार भइरहेको थियो । अस्ती डेंगुबाट थारुको मृत्यु भएको हो ।ु

जिल्ला स्वास्थ्य कार्यालयका अनुसार बाँकेका तीन ठूला अस्पतालमा उपचार गर्न आएका डेंगु संक्रमितको संख्या ३४ पुगेको छ । सबैभन्दा बढी बाँकेका १२ जना पुगेका छन् । त्यसैगरी बर्दिया, कैलाली र सुर्खेतका पाँच–पाँच जना, दाङका ४, रुकुम पश्चिम, कालिकोट र सल्यानका एकएक जनाको उपचार भइरहेको छ ।