दाइजोको निहुँमा श्रीमान‍् र सासूले गरे कुटपिट


वीरगन्ज । वीरगन्ज महानगरपालिका, १० रानीघाटमा एक महिलामाथि उनकै परिवारका सदस्यले कुटपिट गरी घाइते बनाएका छन्।रानीघाटका गोबिन्द शाहकी श्रीमती रन्जु देवीले दाइजोको निहुँमा श्रीमान् गोविन्द र सासू जशोदा देवीले कुटपिट गरी घाइते बनाएको आरोप लगाएका छिन्।उनले आफूलाई कुटपिट गर्नेमाथि कारबाहीको माग समेत गरेकी छिन्।

घाइते रन्जु देवीको वीरगन्जकै नारायणी अस्पतालमा उपचार भइरहेको छ। बहिनी रन्जु देवीलाई कुटपिट गरी घाइते बनाएको खबर पाउना साथ रन्जुका दाजु रमेश साह बिहीबार बिहान बहिनीको घर पुगेका थिए।

बहिनी रन्जु घरभित्रै अचेत अवस्थामा भेटिएपछि उपचारका लागि अस्पताल लैजान खोज्दा ज्वाइँ गोविन्द र उनकी आमा जशोदाले अस्पताल लैजान दिन मानेन्, रमेशले भने, ुत्यसपछि मैले नजिकैको रानीघाट प्रहरी चौकीमा खबर गरेँ। प्रहरी आएपछि मात्र उनीहरुले बहिनीलाई अस्पताल लैजान दिए। ु

दाइजोमा मोटरसाइकल नल्याएको भन्दै बहिनी रन्जुलाई उनका श्रीमान् र सासूले पटक(पटक यातना दिँदै आएको रमेशले अन्नपूर्णपोष्टलाई बताए । कुटपिटबाट घाइते रन्जुले दाइजोमा मोटरसाइकल नल्याएकै निहुँमा आफूमाथि कुटपिट भएको बताइन् ।

उनका श्रीमान् गोविन्द र सासू जशोदा देवीविरुद्ध रन्जुका दाजु रमेशले शुक्रबार अपरान्ह जिल्ला प्रहरी कार्यालय पर्सामा किटानी जाहेरी दिएका छन् । पर्साका प्रहरी प्रवक्ता अनन्तराम शर्माले भने पीडित पक्षबाट उजुरीको निवेदन आएकाले कानुनअनुसार कारबाही प्रक्रिया अगाडि बढाइने बताए ।

बाराको कलैया उपमहानगरपालिका १२ शीतलपुर माइती भएकी रन्जु देवीको वीरगन्ज रानीघाटका गोविन्दसँग २०६१ सालमा मागी बिहे भएको थियो । बिहेका बेला माइती पक्षले दाइजोमा दुई लाख ५० हजार रुपैयाँ नगद र गरगहना लगायतका सामान दिएको थियो ।

तर, बिहे भएको तीन वर्ष नबित्दै श्रीमान् र सासूले निरन्तर शारीरिक र मानसिक यातना दिँदै आएको रन्जु देवीको भनाइ छ। रन्जुका भाइ मनोज साहका अनुसार, बिहे भएको तीन वर्षपछि दिदीका श्रीमान् र सासूले दाइजोमा फ्रिज र वासिङ मेसिन माइतीबाट ल्याउन दबाव दिएका थिए ।

तर, त्यस बेला थप दाइजो दिन नसक्ने जवाफ दिएपछि परिवारबाट मानसिक यातना दिन थालेपछि फ्रिज र वासिङ मेसिन दिएर पठाएको भाइ मनोजले बताए । फ्रिज र वासिङ मेसिन दिएर पठाएको केहि वर्ष नबित्दै गोविन्दले मोटरसाइकल माग्न दबाव दिँदै यातना दिन थालेपछि रन्जु श्रीमान्को घर छाडेर साढे ३ वर्षदेखि माइतीमै बस्दै आएकी थिइन् । गत जेठमा काका ससूराले माइतीबाट बोलाएर रन्जुलाई वीरगन्ज रानीघाटस्थित घरमा ल्याएका थिए ।

ुसाढे ३ वर्षपछि घर आएँ, मोटरसाइकल नल्याएको भन्दै श्रीमान्, सासू र ससूरा सबै मिलेर निरन्तर मानसिक यातना दिन थाले, रन्जुले भनिन्, ुमाइतीबाट घर आएपछि मेरो श्रीमान्ले मसँग कहिले पनि राम्रो मुखले बोलिनन्। आमा छोरा मिलेर रात दिन गाली गर्ने र कुट्ने काम मात्र गर्थे।ु

ुश्रीमान् र सासूले आफूलाई विष खाएर आत्म हत्या गरसम्म भने तर दुई छोराको मायाले त्यसो गर्न सकिन,ु उनले भनिन्। चार वर्ष पहिले पनि दाइजोकै निहुँमा यातना दिएपछि प्रहरी चौकीमा जाहेरी दिएको र त्यस बेला उनीहरुले अब गल्ती नगर्ने भन्दै माफी मागेपछि मिलापत्र गराएर घर फर्किएको दुखेसो रन्जु देवीले सुनाइन्।