लामखुट्टे धपाउन बालिएको धुपबाट आगलागी, ८ वटा वस्तुभाउ जले


वीरगञ्ज । लामखुट्टे धपाउन बालेको धुप गोठमा सल्किदा पर्सामा आगलागी भएको छ । आगलागीबाट ८ वटा वस्तुभाउ जलेका छन् ।

जिल्लाको पोखरीया नगरपालिका वडा नं.१०, शिवबर्वाका रामपृत राउत कुर्मीको खरले छाएको फुसको गोठमा आगलागी हुँदा २ वटा भैंसीको पाडी, १ भैंसी, ३ वटा खसी तथा बाख्रा जलेर मरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

आगोमा जलेर अन्य आधा दर्जन वस्तुभाउ घाइते भए पनि मानवीय भने भएको छैन । आगलागीबाट करिब तीन लाख ५० हजार क्षति भएको बताईएको छ ।