बेथी नदीमा बेपत्ता भएका तीनै २६ घण्टापछि मृत भेटिए


बुटवल । कपिलवस्तुको शुद्धोधन गाउँपालिकास्थित बेथी नदीको बेलभरिया सन्तघाटमा सोमबारदेखि वेपत्ता भएका एक बालिकासहित तीनैजना मृत अवस्थामा फेला परेका छन् ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा झण्डै २६ घण्टापछि तीनै जना मृत अवस्थामा फेला परेको कपिलवस्तु प्रहरीले जनाएको छ ।

नदीमा नुहाउने क्रममा स्थानीय २५ वर्षीया तारामती कहाँर, १५ वर्षीया तारा कहाँर र ८ वर्षीया बालिका खुस्बु रैदास बेपत्ता भएका थिए ।

उनीहरुको शव शुद्धोधन गाउँपालिका–६ स्थित ननखोरीयमा मंगलबार दिउँसो भेटिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।