महिन्द्राका गाडीको विशेषता श्रृंखला खतिवडाले जानकारी दिइन्

0
Shares

काठमाडौं, (नेस) ।नाडा अटो शोअन्तर्गत महिन्द्राको स्टलमा एक्सयुभी ३००, नयाँ एमपीभी मराजोसहित टीयुभी ३०० र स्कर्पियो पिकअप राखेको छ, यसपटकको अटो शोमा महिन्द्राको सब फोर मिटर एसयुभी एक्सयुभी ३०० र नयाँ एमपीभी मराजो विशेष आकर्षणको रुपमा थियो।

महिन्द्रा अग्नि इन्कर्पोरेटेडको ब्रान्ड एम्स्बेसडर पूर्वमिस नेपाल श्रृंखला खतिवडाले महिन्द्राको ब्रान्डका बारेमा आफ्नो विचार, अनुभव र गाडीका बारेमा जानकारी गराउनुभएको छ।

महिन्द्रा एन्ड महिन्द्राको आधिकारिक वितरक अग्नी इन्कर्पोरेटले यसपटकको नाडा अटो शोमा एक्सयूभी ३०० र नयाँ एमपीभी मराजोसहित टीयूभी ३०० र स्कर्पियो पिकअप राख्को छ। जसमा एसयूभी डब्लु ४, डब्लु ६, डब्लु ८ र डब्लु ८ (अफ्सनल) चारवटा भेरियन्टमा उपलब्ध हुनेछ।

नयाँ एक्सयूभी ३०० को मूल्य पेट्रोलमा डब्लु ४ वर्गका लागि ३९ लाख ७५ हजार र डब्लु ८ (अफ्सनल) वर्गका लागि ५६ लाख ५० हजार रहेको छ। त्यस्तै डिजेलमा डब्लु ४ वर्गका लागि ४१ लख २५ हजार, डब्लु ६ वर्गका लागि रु ४५ लाख, डब्लु ८ वर्गका लागि ५१ लाख ५० हजार र डब्लु ८ (अफ्सनल) वर्गका लागि ५७ लाख २५ हजार रुपियाँ तोकिएको छ। त्यस्तै मराजो एम ६ को मूल्य रु ५८ लाख २० हजार र एम ८ को मूल्य ६४ लाख ३० हजार तोकिएको कम्पनीले जनाएको छ।