सुजुकी पर्वोत्सव योजना शुरु

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं ।नाडा अटो शो तथा चाडपर्वको अवसरमा सुजुकीले आकर्षक योजना प्रस्तुत गरेको छ। यस वर्ष कम्पनीले सुजुकी पर्वोत्सव योजना नाडा अटो शोदेखि प्रारम्भ भई दशैं तिहारसम्म लागू हुने कम्पनीले छ।

यस वर्ष, सुजुकी पर्वोत्सव योजनामा २ लाखसम्मको नगद छुट, अधिकतम १ लाखसम्मको एक्स्चेन्ज बोनस, इ–स्क्र्याच सिस्टममार्फत अधिकतम १ लाखसम्मको थप छुट तथा एक वर्ष सम्मको सवारी कर निःशुल्क प्राप्त गर्न सकिने छ।

यसका साथै नाडा अवधिभर नाडा स्टल नं ए १० मा गई सुजुकी गाडी खरिद गर्दा अधिकतम् ५० हजारसम्मको विशेष छुट पनि प्राप्त गर्न सकिने छ। यस वर्ष सुजुकीले स्मार्ट हाइब्रिड कार प्रस्तुत गरेको छ। जसको खरिद मूल्य ३८लाख ९९ हजारदेखि ४२ लाख ९९ हजारसम्म रहेको छ।

हाइब्रिड कार डिजेल इन्जिनका साथसाथै वातावरण मैत्री विद्युतीय कारका रुपमा विकसित गरिएको छ। दुई प्रकारका इन्जिनहरूबाट न्यूनतम इन्धनमा ज्यादा दूरी तय गर्न सकिन्छ।

हाइब्रिड कार त्यस्तो कार हो जसमा इलेक्ट्रिक मोटर तथा पेट्रोल वा डिजेलले सञ्चालित हुने इन्जिन जडान गरिएको हुन्छ।