बजाज इन्ट्रासिटीको ‘दिमाग डामाडोल’

0
Shares

नेपाल समाचारपत्र, काठमाडौं । बजाज थ्रि ह्वीलर्सको आधिकारीक वितरक हशंराज हुलाशचन्द एन्ड कम्पनी प्रालिले दशै, तिहार र छठको अवसरमा बजाज इन्ट्रासिटी दिमाग डामाडोल नामक क्याम्पेन सार्वजनिक गरेको छ। यो योजनाको ट्यागलाइन ‘उपहार र फाइदाको यस्तो तोलमोल, हुन्छ दिमाग डामाडोल’ रहेको छ।

यो योजनाअन्तर्गत बजाज आरइेमार्फत अधिक खुसी मिल्नेछ तथा ट्याग लाइन अनुसार बजाज आरइका ग्राहकहरूले अधिक फाइदाहरूका साथै फ्रिमा सामसङको ३२ इन्च टेलिभिजन प्राप्त गर्ने सक्ने सन्देश दिइएको छ
यस स्किममार्फत म्याक्सीमा सी र बजाज आरईका ग्राहकले कुनै पनि खरिदमा फ्रि मा ३२ इन्च सामसङ टिभी पाउनका साथै ४० हजार किमीसम्म अथवा २ वर्षसम्मको वारेन्टी, निःशुल्क २ लिटरको सर्भो लुबरिकेन्ट र एक वर्षका लागि फ्रि एएमसी. पाउनेछन्।
साथै बजाज आरईको खरिदमा ग्राहकहरूले २० लाखको जीवन बीमा र ५ लाखको स्वास्थ्य बीमा पाउनेछन्।कम्पनीका निर्देशक अभिमन्यु गोल्छाले भन्नुभयो–‘नेपालीले मनाउने ठूला पर्व आउँदै छन् र यस्ता चाडपर्वले मानिसमा उत्साह, उमंग तथा आशा लिएर आएको हुन्छ।

यो समय भनेको रमाइलो गर्ने सम्भावना र खुशी खोज्ने प्रयास पनि हो। हामी हाम्रा ग्राहक वर्गमा यो रमाइलो क्षणमा उत्कृष्ट उत्पादन प्रदान गर्नुका साथै उत्कृष्ट योजना पनि प्रदान गर्ने छौं।

हामीलाई विश्वास छ हाम्रा बजाज आरईका ग्राहकहरू ३२ इन्चको सामसङ टिभी फ्रि पाउँदा खुसी हुने छन् साथै यो अफरले उनीहरूको परिवारमा समेत पर्वको उत्साह छाउनेछ।’