उपकुलपतिको ज्यादती, २२ चिकित्सकले दिए सामूहिक राजीनामा


काठमाडौं । दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । पतिष्ठानकी उपकूलपति डा. संगीता भण्डारीले बारम्बार धम्की दिने र मानसिक तनाव दिने गरेको भन्दै चिकित्सकहरुले सामूहिक राजिनामा दिएका छन् ।

प्रतिष्ठानका २५ जनामध्ये २२ जना चिकित्सकले सामूहिक राजीनामा दिएका हुन् । काम गर्ने वातावरण बनाइदिन पटक पटक आग्रह गर्दा पनि बेवास्था गरेपछि यस्तो समस्याको बीचमा स्वास्थ्य सेवा प्रदान गर्न नसक्ने भन्दै राजीनामा दिएको पत्रमा उल्लेख गरिएको छ ।

राजीनामा दिनेहरुमा फिजिसियन चिकित्सक जित नारायण यादव र दिनेश उप्रेती, आर्थोपेडिक चिकित्सक ओम अर्याल, अनिल प्रसाद यादव र सागर पन्थी, रेडियोग्राफी डा. रामेश्वर देवकोटा, नाक, कान, घाँटी सर्जन डा. बिक्रम बुढाथोकी, एनेस्थेसियालोजिष्ट डा. सुरेन्द्र कुँवर र डा. राजन शाक्य रहेका छन् ।

यस्तै पेडियाट्रिकस डा. कुष्णहरी सुवेदी, गाईनोलोजिष्ट डा . बसन्त लामिछाने, डा. सर्जन ईश्वरी भुषाल, डा याम, डि.जि.पि डा.अमित लाम्गाडे, डर्माटोलोजिष्ट डा. जेम महर्जन, कमिनिटि मेडिसियन डा. वर्षा मानन्धरले पनि राजीनामा दिएका हुन् ।

त्यस्तै राजीनामा दिनेमा १० जना मेडिकल अधिकृत पनि रहेका छन् । डा. अभ्यास पोख्रेल, डा. कृष्ण रिजाल, डा. गौरव आचार्य, डा. अनिल खाम, डा. घना केसी, डा. राजेन्द्र फुलारा, डा. प्रितम डि.सी, डा. आयुष पौडेल, डा. सुवर्ण बुढा र डा. मनोज यादव रहेका छन् ।