प्रधानमन्त्री ओली सिंगापुर प्रस्थान


काठमाडौं, ५ भदौ । प्रधानमन्त्री केपी शर्मा ओली थप उपचारका लागि पत्नी राधिका शाक्यका साथ सिंगापुर प्रस्थान गरेका छन् ।

प्रधानमन्त्री ओलीलाई विदाई गर्न उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, सभामुख कृष्ण बहादुर महरा, गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवाली, नेकपाका महासचिव विष्णु पौडेल, लगाएतका मन्त्रीहरु त्रीभुवन विमानस्थल पुगेका छन् ।