बैंकको मुनाफा साढे २४ प्रतिशत



परिवर्तन देवकोटा, काठमाडौं । बाणिज्य बैंकहरूले अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७५÷०७६ मा औसत २४ दशमलव ५८ प्रतिशत नाफा वृद्धि गरेका छन्। २८ वाणिज्य बैंकहरूले आर्थिक वर्ष २०७५÷०७६ मा कुल ६५ अर्ब ३९ करोड रुपियाँ खुद नाफा आर्जन गरेका छन्।

अघिल्लो आर्थिक वर्षमा बैंकहरूले साढे ५२ अर्ब रुपियाँ नाफा आर्जन गरेका थिए। आर्थिक वर्ष २०७४÷७५ को तुलनामा तीन बैंकको नाफा घटेको छ भने बाँकी २५ बैंकले नाफा बढाएका छन्।

राष्ट्रिय वाणिज्य बैंक
आर्थिक वर्ष २०७५÷०७६ मा सबैभन्दा बढी राष्ट्रिय वाणिज्य बैंकले आर्जन गरेको छ। बैंकले ५ अर्ब ३२ करोड रुपियाँ कमाएको छ। अघिल्लो आर्थिक वर्ष बैंकले ३ अर्ब ६५ करोड ९२ लाख खुद मुनाफा कमाएको थियो। बैंकको नाफा करिब ४५ दशमलव ६१ प्रतिशतले बढेको छ। बैंकको वितरणयोग्य मुनाफा भने ३ अर्ब ६१ करोड ७३ लाख रुपियाँ रहेको छ।

कृषि विकास बैंकको नाफा
आर्थिक वर्ष २०७५÷०७६ मा कृषि विकास बैंकले ४ अर्ब ३५ करोड रुपियाँ नाफा कमाएको छ। बैंकले गत आवमा कमाएको नाफा अघिल्लो वर्षको भन्दा १९ दशमलव १५ प्रतिशतले बढी हो। बैंकको वितरणयोग्य नाफा भने ३ अर्ब ३१ करोड रुपियँँ रहेको छ। एक वर्षमा बैंकले १४ दशमलव ९१ प्रतिशतले निक्षेप वृद्धि गर्न सफल भएको छ भने ११ दशमलव २१ प्रतिशतले कर्जा वृद्धि गरेको छ।

नबिल बैंक
नबिल बैंकले आर्थिक वर्ष २०७५÷०७६ मा ४ अर्ब २९ करोड रुपियाँ नाफा कमाएको छ। यो अघिल्लो वर्षको तुलनामा करिब ८ प्रतिशतले बढी हो। बैंकले अघिल्लो आर्थिक वर्षमा ३ अर्ब ९८ करोड नाफा गरेको थियो।

नेपाल इन्भेष्टमेन्ट बैंक
नेपाल इन्भेष्टमेन्ट बैंकले ३ अर्ब ४२ करोड रुपियाँ नाफा कमाएको छ।। अघिल्लो वर्ष बैंकको खुद नाफा ३ अर्ब ६५ करोड रुपियाँ थियो। गत वर्ष बैंकको नाफा ६ दशमलव ६६ प्रतिशतको घटेको छ। बैंकले १ अर्ब ३९ करोड ६ लाख बढी वितरणयोग्य मुनाफा आर्जन गरेको छ।

एनआईसी एसिया बैंक
गत आर्थिक वर्षमा एनआईसी एसिया बैंकले ३ अर्ब ५ करोड नाफा कमाएको छ।। अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ३३ करोड रुपियाँखुद नाफा आर्जन गरेको थियो। १ खर्ब ८० अर्ब ५८ करोड रुपियाँ निक्षेप संकलन गरेको बैंकले १ खर्ब ५० अर्ब रुपियाँ कर्जा लगानी गरेको छ। कर्जा प्रवाहमा यस बैंक अन्य बैंकभन्दा अगाडि छ। त्यस्तै निक्षेपमा निजीस्तरका बैंकमध्ये शीर्ष अगाडि छ।

सेञ्चुरी बैंक
सेञ्चुरी बैंकले आर्थिक वर्षमा ८६ करोड ८ लाख खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षको तुलनामा बैंकको नाफा ५ करोड रुपियाँले घटेको छ। बैंकले खुद ब्याज आम्दानी भने एक अर्ब ९१ करोड रुपियाँबाट दुई अर्ब ६७ करोड रुपियाँमा सुधार गरेको छ। बैंकले गत वर्ष ५७ अर्ब ९९ करोड रुपियाँ निक्षेप संकलन गरी ५६ अर्ब ९३ करोड रुपियाँ ऋण लगानी गरेको छ।

कुमारी बैंक
कुमारी बैंकले आर्थिक वर्ष २०७५÷७६ मा १ अर्ब ३३ करोड रुपियाँ खुद नाफा कमाएको छ। बैंकले अघिल्लो आर्थिक वर्षको भन्दा २८ दशमलव शून्य ४ प्रतिशतले नाफा बढाएको हो। अघिल्लो आर्थिक वर्षमा बैंकले १ अर्ब ४ करोड १८ लाख रुपियाँ खुद नाफा कमाएको थियो।बैंकको वितरणयोग्य नाफा ९६ अर्ब ७० करोड रुपियाँ रहेको छ।

जनता बैंक नेपाल
जनता बैंक नेपालले आर्थिक वर्ष २०७५÷०७६ मा १ अर्ब ३४ करोड खुद नाफा आर्जन गरेको छ। बैंकको नाफा अघिल्लो वर्षको तुलनामा ३४ प्रतिशतले बढेको हो। आर्थिक वर्ष २०७४÷०७५ मा बैंकको नाफा १ अर्ब रुपैयाँ नाफा गरेको थियो।

सिटिजन्स बैंक इन्टरनेसनल
सिटिजन्स बैंक इन्टरनेसनलले आर्थिक वर्ष २०७५÷०७६मा १ अर्ब ४८ करोड रुपियाँ नाफा आर्जन गरेको छ। बैंकले २१ प्रतिशतले नाफा बढाएको हो। बैंकले ७० अर्ब ३५ करोड निक्षेप संकलन गरी ६२ अर्ब ९० करोड रुपियाँ ऋण प्रवाह गरेको छ।

नेपाल बैंक
नेपाल बैंकको नाफा अघिल्लो वर्षको तुलनामा १८ प्रतिशतले खुम्चिन पुगेको छ। बैंकले गत आर्थिक वर्ष २०७५÷०७६ मा २ अर्ब ६१ करोड रुपियाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष बैंकले ३ अर्ब २१ करोड रुपियाँ नाफा आर्जन गरेको थियो। बैंकले एक खर्ब १७ अर्ब रुपियँँ निक्षेप संकलन गरेको छ भने ९२ अर्ब ४१ करोड रुपियाँ ऋण लगानी गरेको छ।

हिमालयन बैंक
आर्थिक वर्ष २०७५÷०७६ मा हिमालयन बैंकले ५१ प्रतिशतले नाफा बढाएर २ अर्ब ८४ करोड रुपियाँ नाफा आर्जन गरेको छ। अघिल्लो बर्ष बैंकले १ अर्ब ८७ करोड रुपियँँ नाफा कमाएको थियो। बैंकले एक खर्ब ९ अर्ब रुपियाँ निक्षेप संकलन गरी ९२ अर्ब ८२ करोड रुपियाँ ऋण लगानी गरेको छ।

एनएमबी बैंक
एनएमबी बैंकले गत आर्थिक वर्षमा २ अर्ब ३१ करोड रुपियाँ नाफा आर्जन गरेको छ। बैंकले आर्थिक वर्ष २०७५÷०७६ मा २४ प्रतिशतले नाफा बढाएको छ। अघिल्लो वर्ष बैंकले एक अर्ब ८० करोड रुपियाँ नाफा कमाएको थियो। ९७ अर्ब ८९ करोड रुपियाँ निक्षेप संकलन गरी ८८ अर्ब ४८ करोड रुपियाँ ऋण लगानी गरेको छ।

नेपाल बंगलादेश बैंक

नेपाल बंगलादेश बैंकले ४१.५६ प्रतिशतले नाफा बढाएको छ। बैंकले गत आर्थिक वर्ष २०७५÷०७६ मा एक अर्ब ६१ करोड रुपियाँ नाफा कमाएको छ। अघिल्लो वर्ष बैंकले एक अर्ब १४ करोड रुपियाँ नाफा कमाएको थियो।

नेपाल एसबीआई बैंक
नेपाल एसबीआई बैंकले आर्थिक वर्ष २०७५÷०७६ मा २ अर्ब ३० करोड रुपियाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो आर्थिक वर्षमा बैंकले २ अर्ब ३ करोड रुपियाँ खुद नाफा गरेको थियो। बैंकले अघिल्लो वर्षको तुलनामा खुद नाफा १३ दशमलव ८४ प्रतिशतले वृद्धि गरेको छ। बैंकले गत आर्थिक वर्ष खुद ब्याज आम्दानी १४ दशमलव ६ प्रतिशतले बढाएर ४ अर्ब ७४ करोड ६९ लाख रुपियाँ पुर्याएको छ। सञ्चालन नाफा १३ दशमलव ४८ प्रतिशतले बढेर ३ अर्ब १३ करोड ३९ लाख रुपियाँ पुगेको छ।

एभरेष्ट बैंक
एभरेष्ट बैंकले आर्थिक वर्ष २०७५÷०७६ मा खुद नाफा ३ अर्ब ४ करोड रुपियाँ आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा बैंकले १८ प्रतिशतले नाफा बढाएको छ। अघिल्लो वर्ष बैंकले २ अर्ब ५८ करोड रुपियाँ नाफा कमाएको थियो। बैंकले खुद ब्याज आम्दानीमा पनि करिव १६ प्रतिशतको वृद्धि गरेको छ। बैंकले १५ दशमलव ७४ प्रतिशतले खुद ब्याज आम्दानी बढाएर ५ अर्ब ६३ करोड रुपियाँ पुर्याएको छ। बैंकले ऋण लगानी १ खर्ब ४ अर्ब रुपियाँ पुर्याएको छ।

बैंक अफ काठमाडौं
आर्थिक वर्ष २०७५÷०७६ मा बैंक अफ काठमाडौंले १ अर्ब ९३ करोड ८२ लाख खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ४६ दशमलव ७० प्रतिशत बढी हो । अघिल्लो आर्थिक वर्षमा बैंकले यस्तो नाफा १ अर्ब ३२ करोड ११ लाख रुपियाँ आर्जन गरेको थियो। बैंकले गत आर्थिक वर्षमा ७३ करोड ३५ लाख ३७ हजार खुद नाफा आर्जन गरेको छ ।

मेगा बैंक नेपाल
मेगा बैंक नेपालले आर्थिक वर्ष २०७५÷०७६ मा १ अर्ब ७१ करोड ९२ लाख ६९ हजार रुपियाँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो वर्षको तुलनामा ३० दशकलव ५० प्रतिशतले बढी हो। अघिल्लो वर्ष बैंकले १ अर्ब ३१ करोड ७३ लाख ५१ हजार रुपियाँ खुद नाफा कमाएको थियो। बैंकको वितरणयोग्य नाफा १ अर्ब ३५ करोड ८० लाख ७६ हजार रुपियाँ रहेको छ।

स्टान्डर्ड चार्टर्ड बैंक

स्टान्डर्ड चार्टर्ड बैंकले आर्थिक वर्ष २०७५÷०७६ मा खुद नाफा २ अर्ब ४९ करोड रुपियाँ आर्जन गरेको छ।जुन अघिल्लो वर्षको तुलनामा १३ दशमलव ९४ प्रतिशतले वृद्धि भएको छ। बैंकको खुद ब्याज आम्दानी ६ दशमलव ८३ प्रतिशतले बढेर ३ अर्ब ५२ करोड रुपियाँ पुगेको छ। बैंकको वितरणयोग्य नाफा १ अर्ब ८० करोड रुपियाँ रहेको छ।

लक्ष्मी बैंक
लक्ष्मी बैंकले आर्थिक वर्ष २०७५÷०७६ मा एक अर्ब ५७ करोड ६० लाख रूपियाँ खुुद मुनाफा आर्जन गरेको छ । अघिल्लो आर्थिक वर्षमा भने बैंकको यस्तो नाफा एक अर्ब १८ करोड १० लाख ९१ हजार रूपियाँ रहेको थियो । बैंकले गत आर्थिक वर्षमा ७९ अर्ब ७४ करोड ३१ लाख आठ हजार रूपियाँ निक्षेप संकलन गरी ७५ अर्ब २२ करोड ७८ लाख ६९ हजार रूपियाँ कर्जा प्रवाह गरेको छ ।

ग्लोबल आइएमई बैंक
ग्लोबल आइएमई बैंकले आर्थिक वर्ष २०७५÷०७६ मा २ अर्ब ७९ करोड रुपियाँ खुद नाफा आर्जन गरेको छ। अघिल्लो वर्षको तुलनामा बैंकले ३३ दशमलव शून्य २ प्रतिशतले नाफा वृद्धि गरेको हो। अघिल्लो वर्ष बैंकको खुद नाफा २ अर्ब १० करोड रुपियाँ आर्जन गरेको थियो।

प्राइम कमर्सियल बैंक
प्राइम कमर्सियल बैंकले आर्थिक वर्ष २०७७÷०७६ मा २ अर्ब ३६ करोड रुपियाँ खुद नाफा कमाएको छ। बैंकले अघिल्लो वर्षको तुलनामा ३७ प्रतिशतले नाफा बढाएको छ। अघिल्लो वर्ष बैंकले १ अर्ब ७२ करोड रुपियाँ नाफा गरेको थियो। बैंकको गत आर्थिक वर्ष वितरणयोग्य नाफा भने १ अर्ब ६० करोड रुपियाँ रहेको छ।

प्रभु बैंक
प्रभु बैंकले गत आर्थिक वर्ष २०७५÷०७६ मा २ अर्ब ३ करोड रुपियाँ नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको तुलनामा दोब्बरभन्दा बढी हो। अघिल्लो आर्थिक वर्षमा बैंकले ९६ करोड ७० लाख रुपियाँ नाफा कमाएको थियो। बैंकले १ खर्ब १२ करोड निक्षेप संकलन गरेको छ भने ८६ अर्ब ४१ करोड रुपियाँ ऋण लगानी गरेको छ।

सन्राइज बैंक
सन्राइज बैंकले एक अर्ब ७० करोड रुपियाँ नाफा आर्जन गरेको छ। अघिल्लो वर्ष यो रकम एक अर्ब ४७ करोड रुपियाँ थियो। बैंकले खुद ब्याज आम्दानी तीन अर्ब ५९ करोड रुपियाँ आर्जन गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी दुई अर्ब ८७ करोड रुपियाँ थियो।

एनसीसी बैंक
नेपाल क्रेडिट एन्ड कमर्स (एनसीसी) बैंकले १ अर्ब ५२ करोड रुपियाँ नाफा गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा १३ दशमलव ४३ प्रतिशत बढी हो। अघिल्लो वर्ष बैंकको नाफा १ अर्ब ३४ करोड रुपियाँ थियो। ६७ अर्ब निक्षेप संकलन गरी बैंकले ६१ अर्ब रुपियाँ कर्जा लगानी गरेको छ। बैंकले वितरणयोग्य नाफा १ अर्ब १९ करोड रुपियाँ रहेको छ।

सिभिल बैंक
सिभिल बैंकले जम्मा ७६ करोड रुपियाँ नाफा कमाएको छ। जुन वाणिज्य बैंकहरूमध्ये सबैभन्दा कम नाफा हो। ८ अर्ब ३३ लाख रुपियाँ चुक्ता पुँजी रहेको सिभिल बैंकमा १ अर्ब ६१ करोड रुपियाँ रिजर्वमा छ।

सिद्धार्थ बैंक
आर्थिक वर्ष २०७५÷०७६ मा सिद्धार्थ बैंकले २ अर्ब ३० करोड रुपियँँ खुद नाफा आर्जन गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा २१ प्रतिशत बढी हो।अघिल्लो आर्थिक वर्षमा बैंकले एक अर्ब ९० करोड रुपियाँ खुद नाफा कमाएको थियो। बैंकको वितरणयोग्य नाफा एक अर्ब ६५ करोड रुपियाँ छ। एक खर्ब १४ अर्ब ५३ करोड रुपियाँ निक्षेप संकलन गरेर एक खर्ब चार अर्ब ७६ करोड कर्जा प्रवाह गरेकोे छ।

माछापुच्छ«े बैंक
माछापुच्छ«े बैंकले अघिल्लो आर्थिक वर्षको तुलनामा ३० प्रतिशत नाफा वृद्धि गरेको छ। गत आर्थिक वर्षमा बैंकले १ अर्ब ७० करोड रुपियाँ नाफा आर्जन गरेको हो।अघिल्लो वर्ष बैंकको नाफा १ अर्ब ३० करोड रुपियाँ रहेको थियो।

सानिमा बैंक
सानिमा बैंकले २ अर्ब २४ करोड रुपियाँ नाफा गरेको छ। यो अघिल्लो आर्थिक वर्षको तुलनामा ३२ प्रतिशतले नाफा बढाएको हो।अघिल्लो वर्ष बैंकको नाफा १ अर्ब ६९ करोड रुपियाँ रहेको थियो। बैंकले वितरणयोेग्य नाफा १ अर्ब ६२ करोड रहेको छ।

प्रतिक्रिया दिनुहोस्