माछा मार्ने ९ जना पक्राउ


स्याङ्जा । विष्फोटक पदार्थ प्रयोग गरी माछा मार्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । चापाकोट नगरपालिका ५ गिलाङ स्थित ज्याग्दी खोलामा माछा मार्दै गरेको अवस्थामा शुक्रबार ९ जनालाई जिल्ला प्रहरी कार्यालय स्याङ्जाले पक्राउ गरेको हो ।

आइतबार जिल्ला अदालतबाट विष्फोटक पर्दाथ सम्बन्धी कसुरमा म्याद थप गरी अनुसन्धान कार्य अगाडी बढाइएको डिएसपि नविन कृष्ण भण्डारीले जानकारी दिनुभयो ।

उनिहरूको साथबाट सलाईको काँटीमा प्रयोग हुने बारूद जस्तो देखिने प्लाष्टिकको डोरीले बेरेको माछा मार्न प्रयोग हुने विष्फोटक पदार्थ बरामद गरिएको हाे ।

पक्राउ पर्नेहरूमा चापाकोट–३ का ३५ वर्षीय राजेन्द्र हमाल, सोही ठाउँ बस्ने २५ वर्षीय प्रदिप हमाल, ३८ वर्षीय दिपेन्द्र थापा, १७ वर्षीय सागर हमाल, ५० वर्षीय खिमबहादुर मल्ल, २४ वर्षीय सुनिल कुवँर, २६ वर्षीय खेम थापा, १९ वर्षीय प्रवेश हमाल र सोही ठाउँका २१ वर्षीय हेमलाल थापा रहेका छन् ।