पाकिस्तानको कीर्तिमान विदेशी ऋण


इस्लामाबाद (एजेन्सी) ।
पाकिस्तानले पहिलो पटक एक बर्षमा किर्तिमान १६ अर्ब डलर विदेशी ऋण लिएको छ । पाकिस्तानले यो ऋण आर्थिक बर्ष २०१८–२०१९ मा लिएको हो । यसमा ११ महिनाको कार्यकाल बर्तमान प्रधानमन्त्री इमरान खान सरकारको रहेको छ ।

१६ अर्ब डलरमा १३ अर्ब ६० करोड डलर इमरान खानको सरकारले आफनो कार्यकालमा ऋण लिएको हो । यो कुनै पनि सरकारले एक बर्ष भित्र लिएको सबैभन्दा ठुलो विदेशी ऋण हो । बाँकी २ अर्ब १० करोड डलर सन् २०१८ जुलाईमा पाकिस्तानको कार्यवाहक सरकारले लिएको थियो ।

आर्थिक बर्ष २०१८–१९ को अन्त्य गत महिना जुलाईमा भएको हो र यसको अन्त्य सम्ममा ऋण १६ अर्ब पुगेको हो । यो ऋणमा साउदी अरेबिया, संयुक्त अरब इमिरेट्स र कतारको ५ अर्ब डलर पनि परेको छ । पाकिस्तानको प्रमुख अखबार एक्सप्रेस ट्रिब्युनका अनुसार अर्थ मन्त्रालयका तर्फबाट जारी गरिउको आंकडामा उक्त पाँच अर्ब डलरलाई ऋणको रुपमा समावेश गरिएको छैन ।
सुरुमा चीनको दुई अर्ब डलर पनि विदेशी ऋणमा समावेश गरिएको थिएन तर अन्तराष्ट्रिय मुद्रा कोषको दबावमा पाकिस्तानलाई त्यसतो गर्नु परेको हो । आर्थिक बर्ष २०१७–१८ मा पाकिस्तानले ११ अर्ब ४० करोड डलर विदेशी ऋण लिएको थियो ।

१६ अर्ब डलरको ४२ प्रतिशत हिस्सा अर्थात ६ अर्ब ७० करोड डलर ऋण पाकिस्तानले चीनबाट लिएको हो । यसमा २अर्ब ५४ अर्ब डलर ब्यावसायिक ऋण, १ अर्ब ६० करोड डलर सीपीईसी अन्तर्गत, दुई अर्ब डलर एसएएफई डिोपोजिट र ६२ करोड ८४ लाख डलर कराची न्युक्लियर पाउ प्लान्टका लागि दिइएको हो । पछिल्लो आर्थिकबर्षमा चीनले पाकिस्तानलाई ४ अर्ब ५० करोड डलर ऋण दिएको थियो ।