बालिका बलात्कारका कारण सम्पूर्ण म्यान्मार स्तब्ध


यांगुन, (एजेन्सी) ।
ति बच्चीको तस्वीर कसैले सामाजिक संजालमा देखेका छैनन् । उनको वास्तविक नाम पाि अखवारमा कसैले पढ्न पाएका छैनन् । तर सम्पुर्ण म्यान्मार उनको बारेदुखित हुँदै चर्चा गरिरहेका छन् । उनले भोग्नु परेको पिडाको कल्पना गर्दै सबै आक्रोसित छन् । ‘

भिक्टोरिया ’ को घटनाले म्यान्मारलाई नै ठप्प पारेको छ । गत १६ मेको बिहान दुई वर्षिया भिक्टोरिया राजधानी ने पि त स्थित एउटा निजी नर्सरी बिद्यायलयमा गएकी थिइन् । उनको परिवार र प्रहरीले सााझ घर फर्किनु केहि समय अघि मात्र उनको वलात्कार भएको जानकारी गराएका थिए ।

म्यानमारको प्रचलित कानुन अनुसार उनको नाम सार्वजनिक गर्न मिलेन । अभियन्ताहरुले नै उनको काल्पनिक नाम ‘ भिक्टोरिया ’ जुराइदिएका थिए । अहिले तीन वर्ष पुगेकी ति अवोध बालिकामाथिको यस घटनाले राष्ट्रको बालबालिका कल्याण तथा यौन उन्तपीडनबारे गम्भीर प्रश्नहरु उब्जाइ दिएका छन् ।

साथ ैउनको भविष्य पनि निकै डाँवाडोल हुन सकने अनुमान गरिएको छ । यस वलात्कारको आंशकामा पक्राउ गरिएका एक मात्र पुरुषलाई बुधवार अदालतमा पेश गरिएको छ । तर घटनाका ेशुरु देखि नै वलात्कार समबन्धी प्रमाणहरु पातलिएको बताइएको छ । प्रहरीका अनुसार भिक्टोरियाकी आमाले छोरीको चोट देखेपछि मात्र जचाउन अस्पताल लगिएको र स्वास्थ परिक्षण पछि वल्ल उनी वलात्कृत भएको खुलेको थियो ।

भिक्टोरियाका पिताले विविसि न्युज बर्मिजलाई बताएका छन् , ‘ नर्सरी बाहिरको सिसिटिभी फुटेज देखाइँदा मेरी छोरीले त्यहाँ देखिएका एकजना पुरुष तर्फ औंला सोझ्याउँदै उनले आफुलाई नराम्रो गरेको बताएकी थिइन् । उनले कोकोले मलाई नराम्रो गरेको बताएकी थिइन् ।

कोको अर्थ बर्मेली भाषामा तरुनो मान्छे हो । ’ उपचारक ैक्रममा रहेकी भिक्टोरियासंग अनुसन्धानमा रहेका प्रहरीले केहि समय पछि मात्र भेटेको उनका पिताले बताएका छन् । यस घटनाको सिलसिलामा ३० मेको दिन सोही स्कुलका २९ वर्षिय ड्राइभर आंग क्या म्यो उर्फ आँग ग्यीलाई गिरफतार गरिएको थियो । तर यथेष्ट प्रमाण नभेटिएको भन्दै उनलाई रिहा गरिएको थियो ।

तर केहि फेसबुक प्रयोगकर्ताहरुले यसबारे थाहा पाएपछि न्याय माग्द ैविरोधको लहर फैलाएका थिए । तत्काले घटना प्रति सबैका ध्यानआकर्षण भयो । त्यसपछि घटनाको नयँ तरिकाले अनुसन्धान गर्न भन्दै सरकारी पहलमै ‘ भिक्टोरियाका लागि न्याय ’ नामक अभियानक ैथालनी गरियो । हजारौ फेसबुक प्रयोगकर्ताले सो अभियानको प्रतिक नै आफ्नो प्राफाइल बनाए ।

कार विन्डोहरुमा पनि यस अभियानको समर्थनमा स्टिकर देखिन थाले । ३० जुनमा आंग सान सुकीको सरकारका प्रवक्ताले जनमतको कदर गर्दै प्रहरीलाई वास्तविकता पत्ता लगाएरै छोड्न निर्देशन दिइएको बताए । तर ३ जुलाईमा पुन मुख्य आशंकित आँग ग्यीलाई पक्राउ गरिएपछि सरकारले उनलाई वलीको बोकामात्र बनाउन खोजेको हुनु पर्ने भन्दै थुप्रै जनता विरोधमा सडकमा ओर्लिए ।

विगत दुई वर्ष भित्र मात्र म्यान्मारमा वलात्कारको घटनामा पचास प्रतिशतले वृद्धि भएके सरकारी तथ्यांकमा उल्लेखित छ । तर सो नर्सरीका शिक्षहरुसंग लिइएको वयानमा तिनीहरुले आँग ग्यीबाट त्याे कार्यहुन सकने संभावना निक ैकम भएके तथा भिक्टोरिया हरदम आफुहरुकै निगरानीमा हुने गरेको बताएपछि घटना अझै रहस्यमय देखिन थालेको छ ।

तर जेहोस म्यान्मार सरकार अहिले वाल वलात्कारको सिलसिलामा कसैको उजुरी बिना नै आंशकित व्यक्ति माथि अनुसन्धान अघि बढाइनसक्ने नयाँ कानुनकाे तर्जुमामा जुटेको छ ।