चुरोटको बट्टामा खुट्टाको तस्वीर विवादमा


पेरिस,(एजेन्सी) ।
पुर्वी फ्रान्सका एकजना साठी वर्षिय पुरुषले आफ्नो काटिएको खुटालाई आफ्नो अनुमति बिना नै चुरोटको बटामा प्रयोग भएको देखेर आफुछक्क परेको बताएका छन् । सो खुटाको तस्वीर युरोपेली संघका चुरोटका बटाहरुमा प्रयोग भएको हो । तस्वीरसंगै ‘धुमपानले तपाईंको धमनीमा रगत जमाउँछ ’ भन्ने नारा लेखिएको छ ।

तर हाल फ्रान्सको मेत्जमा वासोवास गर्दै आएका ति नाम नखुलाइएका अल्वानियालीले सन् १९९७ मा अल्वानियामा भएको शारिरीक आक्रमणमा आफुले खुटा गुमाएको बताएका छन् ।

उनका वकिलले युरोपेली आयोग समक्ष सत्य तथ्य पत्ता लगाउन सम्पर्क गरिरहेको छ । स्पष्ट पहिचान हुनेगरी खुटामा रहेका पोलाई र अन्य चोटका खतका कारण ति पुरुषका छोराले खुटा चिनेका थिए । उनले गत वर्ष लक्ज्वेनवर्गमा एक प्याकेट रोलिंग टोवाको किन्ने क्रममा सो तस्वीर देखेको फ्रेन्च संचार माध्यमले जनाएको छ ।

उनले सो प्याकेट घरमा ल्याएर परिवारलाई देखाउँदा उनको पिता त्यो खुटा आफ्नै भएको यकिन गरेका थिए । ति पुरुषले सो खुटाका ेतस्वीर एउटा स्थानिय अस्पतालबाट लिइएको हुनुपर्ने बताएका छन् ।

उनले आफु नक्कली खुटा राख्ने समबन्धमा सोधपुछ गर्न सो अस्पतालमा पुगेको बताएका छन् । उनका वकिल एन्त्वाँ फित्तान्तेल ेभनेका छन् , ‘ आफ्नो सहमति बिना नै युरोपेली संघभरि चुरोटका बटामा आफ्नो शरिको अंगको यसरी तस्वीर राखिनु अनौठो कुरो हो । मेरा क्लायनटले आफु माथि धोका भएके र आफ्नो प्रतिष्ठा माथि नै आँच पु¥याइएको महशुस गरेका छन् ।

साथै उनले यसरी आफ्नो खुटाको तस्वीर प्रयोग गरेर आफ्नो शारिरीक अशक्तता प्रति खिल्ली उडाएका महशुस गरेका छन् । ’ फित्तान्तेले कसरी तस्वीर लिक भयो भन्नेबारे पत्ता लगाउन अस्पताललाई पत्र पठाएका छन् । युरोपेली आयोग माथि पनि यसबारे सोधखोज गरिँदै छ । सो आयोगले सम्वन्धित व्यक्तिको अनुमति लिएर मात्र डाटावेसबाट निकालिएका तस्वीरहरु प्रयोग गर्ने गरेको थियो ।