गाउँघर क्लिनिकमार्फत ६ सयले सेवा लिए

0
Shares

विनोद सिंह विष्ट, बैतडी। आयुर्वेद औषधालय बैतडीले चालु आर्थिक बर्षमा गाउँघर क्लिनिक मार्फत ६ सय जनालाई सेवा दिएको जनाएको छ ।

नसर्ने रोगहरुको व्यवस्थापनका लागि दशरथचन्द नगरपालिका वडा नं ३ मा सञ्चालित गाउँघर क्लिनिकबाट ६ सय जनाले सेवा लिएको आयुर्वेद औषधालय बैतडी बरिष्ठ वैद्य नरेन्द्र कलौनीले जानकारी दिनुभयो । गाउँघर क्लिनिक मार्फत उच्च रक्तचाप, मधुमेह जस्ता नसर्ने रोगहरुको परीक्षण र औषधि वितरण गरिएको उहाँले बताउनुभयो ।

बिरामीहरुलाई आयुर्वेदिक औषधि वितरण गरिएको हो । दशरथचन्द नगरपालिका वडा नं ३ दुर्गाभवानीमा गत फागनुदेखि आयुर्वेद औषधालयले गत फागुनदेखि गाउँघर क्लिनिक सञ्चालनमा ल्याएको थियो ।

क्लिनिकमा प्रत्येक महिना दुईपटक बिरामीहरुको चेकजाँच र औषधि वितरण गरिएको छ । आगामी आर्थिक बर्षमा जिल्लाका अन्य ठाउँमा गाउँघर क्लिनिक सञ्चालन हुने उहाँले बताउनुभएको छ ।