संरक्षण नगरिदा जिर्ण हुदै डोटीको मल्लकालीन निरौली दरबार

0
Shares

विमल विष्ट, डोटी । सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला डोटीको जोरायल गाउँपालिका वडान. ६ निरौलीमा रहेको पुरातात्विक महत्व र पर्यटकिए सम्भावना बोकेको मल्लकालीन निरौली दरबार उचित संरक्षण तथा सम्बद्र्धन नगरिदा दिनानुदिन जिर्ण बन्दै गएको छ । उक्त मल्लकालीन धरमकोट दरबारको समयमै उचित संरक्षण नगरिदा दिनानु दिन जिर्ण हुदै तथा भत्किदै गएको निरौली बसोटीका स्थानियबासी खडकबहादुर बोहराले बताउनुभयो । उहाँले भन्नुभयो, “पुरानो कलात्मक सैलिको तथा पुराना राजाको पालामा बनेको दरवार संरक्षण नगरिदा भत्किदै गएको छ, यसको संरक्षण गर्नु जरुरी भएको छ ।”

कलात्मक ढंगकोे उक्त दरबार निमार्ण गरिदा स्थानिय जनता बाट संङ्कलन गरिएको मास पिसि गारो बनाएको र त्यसै गारो बाट दरबारका नौ तला निमार्ण भएको निरौलीका अर्का स्थानिय हेम हमालले बताउनुभयो । करिब १०० वर्ष भन्दा पहिले निरैपाल राजाले आफनो शासनकालमा निमार्ण गरेको उक्त दरबार नाघी मल्ल राजाको शासन कालपछि खाली भएको र निरैपाल राजाका नामबाट पछि गएर सो ठाउ लाई निरौली नाम राखिएको किम्बदन्ति रहेको जोरायल गाउँपालिका ५ गड्सेराका स्थानिय ९० वर्षीय बृद्ध जीतबहादुर विष्टले बताउनुभयो ।

उहाँले भन्नुभयो, “त्यो बेला यति ठुलो धरोधर बनाउने पनि मान्छे नै हुन अहिले संरक्षण गर्न नसक्ने पनि मान्छे नै, पछिका लागि भएपनि पुरातात्विक चिज बस्तुको संरक्षण गर्न जान्नु पर्यो र चाडो संरक्षण गर्नु पर्यो ।” मल्लकालीन समयमा राजा नाघि मल्ल र सोही ठाउमा रहेको भागेश्वर देबता बिच को ठुलो भन्ने बिषयमा घम्सा घम्सि (भनाभन) चलेको र राजाले आफु ठुलो भएको जिकिर गरेपछि भागेश्वर देबताले उहाँको दरबार लगाएत अन्य बस्तुभाउ सबै लाई कम्पन गराई छलदेखाए पछि राजाले भागेश्वर देबता संङ्ग माफि मागी तपाई नै ठुलो भनी पुजा गर्न थालेको डोटेली चैत (धुमारी) मा उल्लेख गरिएको जोरायल गाउँपालिका ६ निरौलीका ८० वर्षीय बृद्ध स्थानिय नरबहादुर बोहराले बताउनुभयो ।

उहाँले भन्नुभयो, “नाघी मल्ल राजा र भागेश्वर देवता बिच भएको को ठुलो भन्ने बिबादको कहानीमा बनाईको धुमारी अहिलेपनि हामी गौरा पर्वको बेलामा धुमारी अर्थात डेउडा खेल्छौँ, जो आफैमा अति रोमान्चक र सुनौ सुनौ लाग्छ ।” भग्नाबसेसमा परिणत हुदै गएको उक्त दरबारको माथिल्लो तलामा गएर हेदा सर्प (नाग) देखा पर्ने गरेको र दरबारमा बहुमुल्य सम्पति हुन सक्ने तथा त्यहाँ भएको सर्पको डरका कारण कसैले पनि उत्खनन् गर्ने आट समेत नगरेको स्थानिय नबराज भन्डारीले बताउनुभयो ।

निरौली गाउँको माथी अग्लो रमणिय डाँडामा रहेको उक्त दरबारको समयमै उचित संरक्षण तथा सम्र्बद्धन गरिए त्यहाँको एतिहासिक र पर्यटकिए बिकास हुने स्थानियबासी बताउछन् । निरौली दरवारको संरक्षणका लागि गाउँपालिकाले पहल चाल्ने तथा केही समय भित्रमै बिज्ञहरुको राय सुझब र सल्लाहको आधारमा उत्खनन तथा संरक्षण गरिने जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझाले बताउनुभयो । उहाँले भन्नुभयो, “हामी बिज्ञ टोली तथा स्थानिय बृद्धहरु संङ्ग राय सुझाब लिईरहेका छौँ,सबैको सल्लाह र सुझावमा दरवारको उचित संरक्षण तथा सम्बद्धन गरिने छ ।”

यतिमात्र नभई उक्त क्षेत्रमा तत्कालिन अवस्थामा मल्ल राजाले प्रयोग गर्ने मगराउ (नाउला,कुवा) पनि जिर्ण बन्दै गएका छन् । त्यस्तै जिल्लाको बडीकेदार गाउँपालिका र्बैछनमा रहेको रिसेडी दरबार बाट राजा घोडामा चढेर निरौली दरबारमा आउने जाने समयमा बिच बाटोमा रहेको घोडालाई दाना पानी दिने ढुंगा तथा फलामका तोपडा पनि संरक्षण नहुदा टुटफुट हुन थालेका छन् ।

यहाँको प्रशिद्ध पर्ब गौरामा पनि राजा नाघि मल्ल तथा भागेश्वर देबताका बारेमा रचिएका गित (चैत,धुमारी) गाउने चलन अझै रहेको जोरयाल गाउँपालिका ५ गड्सेराका समाज सेवी डिल्लीराज जाशीले बताउनुभयो । उहाँले भन्नुभयो, “आँखै अगाडी देखीने चिज त संरक्षण नहुदा दिनानु दिन लोप हुदैछ चैत,धुमारी पनि लोप नहोला भन्न सकिन्न ।” पुरातात्विक महत्व बोकेको यहाँको मल्लकालीन दरबारको संरक्षण तथा सम्बद्र्धन गरिदिन स्थानियले सबैमा आग्रह समेत गरेका छन् ।