खडेरीले मकै सुक्यो, उत्पादनमा ५० प्रतिशत घट्ने

0
Shares

गणेश साम्पाङ, पाँचथर । असारको १५ गते बितीसक्दा पनि पानी नपरेर मकैको बोट सुके पछि पाँचथर कुम्मायकका कृषकहरु इन्द्र भगवान सित पानीका लागि पुजा गर्न जुटेका छन।

पाँचथरको कुम्मायक तुम्बेवा हिलीहाङ गाउँपालिका र फिदिम नगरपालिकाको अधिकाँश वडामा पानी नपरेको कारण मकै बाली सुक्ने थालेको छ । कषि ज्ञान केन्द्र पाँचथरका प्रमुख हर्षहाङ राईका अनुसार खडेरीले मकैबाली धेरै असर पुर्याएको  छ अझैँ केही दिन पानी नपरे मकै उत्पादनमा ५० प्रतिशत घट्ने बताउनु हुन्छ । खडेरीले मकै संग लगाइने तेलहन बाली बोडी काक्रा फर्सीलाई समेत प्रभाव पारेको छ । खडेरीका कारण जिल्लाको प्रमुख बालीको रुपमा रहेको मकैका बोट सुक्न थाले अझ एक दुइ दिन पानी आएन भने मकैको बोटमा आगो लगाए भो कृषक महासंघ पाँचथरका अध्यक्ष गणेश पोखरेल भन्नुहुन्छ ।

खडेरीका कारण गाउँमा मकैको बोटमा आगो लाग्दा बल्ने भो पानी पर्ने कुनै छेक छन्द छैन त्यसैले अब आउने बुधबार इन्द्र भगवान सित पानी माग्नका लागि तमोर नदीमा लाख बत्ती बाल्न जादैछौं पाँचथर कुम्मायक ४ रानीगाउँका ६३ बर्षिय झरेन्द्र सम्बाहाम्फे बताउनु हुन्छ । पानी माग्ने दिन गाउँका सबै मानिसलाई खबर गरेका छौं पहिला पहिला पनि पानी नपर्दा यस्तो गर्ने चलन थियो हेरैं पानी पर्छ की कुम्मायक ४ कै देउमान सम्बाहाम्फे बताउनु हुन्छ । गत बर्ष समेत खडेरीले मकै उत्पादन घटेको थियो यस पटक पनि त्यस्तै हालत छ मकैको बोट सुकेर गाइ बस्तुले समेत नखाने भइ सक्यो आउने साल खाद्य संकट हुने भो तुम्बेवा गाउँपालिका वडा न ४ का वडा अध्यक्ष दिलेन्द्र शेर्मा भन्नुहुन्छ । खडेरीकै कारण अन्य फलफुलमा समेत किराको प्रकोप बढेको छ लेखाली बस्ति तिर त खासै प्रभाव परेको छैन तर बेंशी तिर भने हालत छ अध्यक्ष भन्नुहुन्छ ।

गाउँमा पानी नपरेको कारण प्रमुख बालीको रुपमा रहेको मकै यो साल नफल्ने भो यो साल अनिकाल लाग्ने भो अब कसरी बाच्ने मिक्लाजुङ २ अप्ठारेका चन्द्रकला राई भन्नुहुन्छ । हाम्रो मुख्य बाली नै मकै हो खडेरीले सबै खायो स्थानीय सरकारले राहत दिनु पर्छ नत्र कसरी बाँच्ने राई थप्नुहुन्छ ।

असार १५ गते बिती सक्दा पनि बर्षाद नहुदा जिल्लाकै पहिलो बालीको रुपमा रहेको मकै उत्पादन घट्ने निश्चित भयो पानी नपरे पछि अन्य बालीलाई पनि प्रभाव त पार्छ तर मकै जति धेरै चाहि होइन कृषि ज्ञान केन्द्र पाँचथरका सूचना अधिकारी नरहरि निरौला भन्नुहुन्छ । जिल्लाको मुख्य बालीमा पर्ने मकै जिल्लाको १८ हजार तीन सय ३६ हेक्टरमा लगाइन्छ भने २० हजार दुइ सय ६० मेट्रीटन उत्पादन हुने गरेको छ । तर खडेरी कारण यो साल भने उत्पादन घट्ने निश्चित छ निरौला दाबी गर्नु हुन्छ ।

जिल्लाकै मुख्य बालीको रुपमा रहेको मकैको उत्पादन घट्ने भए पछि अब सरकारले कृषकलाई राहत दिनु पर्छ नत्र कृषक साथीहरु आफ्नो पेशाबाट पलायन हुने छन अध्यक्ष पोखरेल भन्नुहुन्छ ।