नेपालको पर्यटन प्रवद्र्धनका निम्ति कुम्भ मेला



हिमालयन ट्राभल मार्टको तेस्रो संस्करण आइतबार काठमाडौंमा समापन हु“दैछ । नेपाललाई हिमालय प्रवेशद्वार तथा साहसिक पर्यटनको केन्द्र एवम् सवल पर्यटनमैत्री गन्तव्यका रुपमा विश्वसामु स्थापित गर्ने उद्देश्यका साथ सन् २०१७ देखि नेपालमा मार्टको आयोजना हु“दै आएको छ । नेपाली पर्यटन क्षेत्रकै ठूलो मेलाका रुपमा लिइने मेलाको बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्नु भएको थियो ।

सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष–२०२० लाई सफल पार्न सहयोगीको रुपमा लिएको मेलमा करिब ७ सय विदेशी तथा नेपाली पर्यटन क्षेत्रका व्यक्तिको सहभागिता थियो । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, नेपाल पर्यटन बोर्ड, नेपाल वायुसेवा निगम एवम् पर्यटन क्षेत्रका विभिन्न संघसंस्थाको सहयोग, समन्वय तथा सहकार्यमा प्यासिफिक एसिया ट्राभल एसोसियसन (पाटा) ले सो मार्ट आयोजना गर्दै आएको छ ।

सम्मेलनमा नेपालसहित ४३ देशका करिब सात सयको सहभागिता रहेको छ । यसअघि सन् २०१७ सालमा ५३ देशका २ सय २५ विदेशी प्रतिनिधि र सन् २०१८ मा सम्पन्न भएको मार्टमा ३६ देशका १ सय ७० भन्दा बढी प्रतिनिधिको सहभागिता थियो । यसै सन्दर्भमा नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशी र पाटा नेपाल प्यासिफिक एसिया ट्रालभ एसोसिएसन (पाटा) का महासचिव, विभूतिचन्द ठाकुरले नेपाल समाचारपत्रसँग व्यक्त धारणा ।

‘नेपाललाई गेट वे द हिमालयको रुपमा प्रचार गर्दैछौं’


दीपकराज जोशी
सीईओ, नेपाल पर्यटन वोर्ड

तेस्रो संस्करणको हिमालयन टार्भल मार्ट–२०१९ सफलताका साथै आयोजान भइरहेको छ । सन् २०१७ बाट निरन्तर रुपमा हिमालयन ट्राभलमार्ट आयोजना गर्दै आएका छौं । हरेक वर्ष यो एकदमै प्रभावकारी बन्दै गएको छ । खरिदकर्ता र बिक्रेताको रुचि कति छ त्यसमा पनि भरपर्छ र यो हामीले उहा“हरुलाई राम्रो व्यवस्थापन गर्न सक्यौं । उहा“हरुको रुचि पनि धेरै आयो । यसले यसको महŒव बढाइरहेको छ ।

हामीले यसलाई गेटवे टु हिमालयका रुपमा ब्रान्डिङ गरिरहेका छौं । यसैअनुसार अगाडि बढेको छ । तिब्बत, भुटान, भारत र बंगलादेशका बिक्रेताहरु आउने रुची पनि बढेको छ । पहिलो वर्षमा भुटानबाट २÷३ वटा मात्रै थियो भने दोस्रो वर्षमा ६ वटा र अहिले १५ वटा संख्या पुगेको छ ।

त्यस्तै भिजिट नेपाललाई पनि लाइफ टाइम एक्सपेरियन्स थिमका रुपमा अगाडि बढाएका छौं । विश्वभरमा नेपाललाई साहसिक गन्तव्य र पर्वतारोहण गन्तव्यका रुपमा विकास भइरहेको छ । तर, हामीले साहसिक र पर्वतारोहणमा पनि आध्यात्मिक थिमलाई पनि जोडेका छौं । बुद्धिष्ट तथा हिन्दू गुरुहरुबाट पनि हामीले यसलाई समेटेका छौ र स्प्रिट अफ हिमालयजका रुपमा प्रवद्र्धन गरिरहेका छौं ।

यसका लागि हामीले नेसनल जियोग्राफीको सम्पादकले जुन कुरा भन्नुभयो नेपाललाई कसरी पर्यटकीय गन्तव्यका रुपमा अगाडि बढाउने भन्नेमा हामीले योजना बनाएका छौं । संसारभर अहिले जहा“ पनि डिजिटलको कुरा आउ“छ । तर, हामीले आध्यात्मिक थिमलाई जोड्दा मानिसले निकै मन पराएका छन् । नेपाललाई वाइल्ड लाइफ, संस्कृति र हेरिटेज, आध्यात्मिक मूल्यले स्थान पाएको छ । हामी निरन्तरुपमा यो मार्ट नेपालमा आयोजान गर्दै नेपाललाई गेट वे द हिमालयको रुपमा प्रचार गर्दै जाने लक्ष्य रहेको छ जसले गर्दा सरकारले लिएको नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउनलाई थप टेवा पुग्ने छ ।

मार्टमा बिक्रेता र खरिदकर्ताबीच व्यापार आदान प्रदान हुन्छ । मार्टमा आगन्तुकहरु आआफ्नै क्षेत्रबाट पनि सहभागी भएका छन् ।
यो मार्ट नेपाललाई गेट वे टु हिमालयका रुपमा ब्रान्डिङ गर्नका लागि निकै प्रभावकारी भएको छ । साथै नेपाल भ्रमण वर्ष २०२० लाई पनि यस मार्टमा ४३ भन्दा बढी देशका सात सयभन्दा बढी सहभागी भएका छन् । उनीहरुबाट पनि नेपाल भ्रमण वर्षका बारेमा सन्देश प्रवाह गरिरहेका छौं ।५० हजारभन्दा बढी संख्यामा नेपाल भ्रमण वर्षबारे जानकारी भइसकेको छ ।

‘नेपाल चिनाउने काम भइरहेको छ’


विभूतिचन्द ठाकुर
महासचिव, पाटा
हिमालयन ट्राभल मार्टले भिजिट नेपाललाई प्रवद्र्धन गर्नका लागि पनि प्रभावकारी भूमिका निर्वाह गर्ने भएको छ । अन्तर्राष्ट्रियस्तरका ब्लगरहरु, युट्युवरहरु र मिडियाहरुले यसलाई संसारभर चिनाउनका लागि सहयोग गर्ने आशा हामीले लिएका छौं ।

विदेशीहरु पनि अहिले यो मार्टबाट निकै खुशी भएका छन् । नेपालमा पाएको हस्पिटालिटीबाट मार्टमा सहभागी प्रतिनिधीहरु निकै सन्तुष्ट छन् ।

भौतिक पूर्वाधारका हिसाबले हामी नेपालीहरु सम्पन्न छौं । नया“ होटलहरु पनि खुल्दैछन् । पर्यटकस्तरीय होटलहरुको संख्या निकै धेरै भइसकेको छ । पर्यटक आगमनस“गै पर्यटकीय पूर्वाधार पनि आवश्यक पर्छ । निजी क्षेत्रले तयार पारेको पूर्वाधार जति छन् । क्रमशः त्यसलाई बढाउ“दै पनि लानुपर्छ । लक्जरी गाडीका लागि सरकारले नीति बनाएर नै कर मिनाहा दिएर सहज वातावरण बनाउनुपर्छ जस्तो लाग्छ । ट्राभल कम्पनीहरुका लागि करमा सहुलियत दिएर लक्जरी गाडी ल्याउन सहयोग गर्नुपर्छ जस्तो लाग्छ । एउटा सडक राम्रो हुनुपर्छ र अर्को गाडीमा पनि सहुलियत चाहिन्छ ।

सरकार, निजी र साझेदारी ३ नै क्षेत्र मिलेर नै पर्यटन क्षेत्रको विकासमा लाग्नै पर्छ । मिलेर काम गर्दा सरकारले निजी क्षेत्रले गर्न नसक्ने केही पनि छैन । पूर्वाधार पनि छ, नीति नियम पनि छ । तर, काम गर्नुपर्छ ।

न्या“ जेनेरेसनहरु पनि आइरहेका छन् । अहिले पर्यटन क्षेत्रका लागि अध्यापन हुने कोर्स र कलेजहरु पनि खुलिरहेका छन् । अहिले १२ वटा टुरिजम इन्स्टिच्युसनहरु छन् । यसले पनि पर्यटनमा अध्ययन गरेर आउने नया“ पि“ढीको संख्या बढिरहेको छ । यसले नेपालको पर्यटन क्षेत्रको विकासमा थप टेवा पुग्ने छ ।

यस पटक समग्रमा यो मार्ट अत्यन्त सफल भएको छ । साना चुनौतीहरु त आइहाल्छन तर अहिले यो मार्ट निकै सफल रह्यो । पाटाका युवाले यसलाई अगाडि बढाइरहेका छन् ।

खरिदकर्ताहरुले नेपाल धेरै जसो पहिलोपटक नेपाल आएका छन् । नेपाल, होटलबारे बुझ्न आउनुभएको छ । यो उहा“हरुका लागि अवसर पनि हो । ८५ प्रतिशत जति नया“ छन् भने बा“की पुराना खरिदकर्ताहरु नै छन् । ३१ वटा देशबाट खरिदकर्ताहरु आएका छन् । मार्टमा कन्फ्रेन्स, बिजनेश टु बिजनेस (बीटुबी), मिडिया र ट्राभल कन्फ्रेन्ससहितका गतिविधिको मार्टका मूख्य आकर्षण रहे ।
प्रस्तुतीः दीपेन्द्र थापा

प्रतिक्रिया दिनुहोस्