चीनमा पान्डाले बच्चा जन्माएपछि खुशियाली छायो


चेङ्दु । चीनको सिचुआन प्रान्तको राजधानी चेङ्दुमा संरक्षित पान्डाले यस वर्षकै पहिलो बच्चा जन्माएको छ । स्थानीय अधिकारीहरुले सन् २०१९ मै संरक्षित पान्डाले बच्चा जन्माएको यो विश्वमै पहिलो घटना भएको बताएका छन् ।

चेङ्दुस्थित जाइन्ट पान्डा ब्रिडिङ अनुसन्धान केन्द्रमा बुधबार १६६।८ ग्रामको पोथी पान्डाको जन्म भएको हो । जी ली नाम दिइएको आमा पान्डाले बच्चालाई राम्रोसँग हेरचाह गरेको पनि अधिकारीहरुले बताएका छन् । जी लीको यो दोस्रो सन्तान हो । जी ली सन् २००७ मा जन्मिएकी थिई ।

गत वर्षको नोभेम्बरसम्म विश्वभर नै संरक्षित पान्डाको संख्या ५४८ वटा रहेको छ । हाल विश्वभर दुई हजारभन्दा कम संख्यामा मात्र पान्डाहरु जंगलमा रहेका छन् । चीनमा सिचुआन र शाङ्सी प्रान्तमा पान्डा भेटिन्छन् ।
––

प्रतिक्रिया

०
यहाँ क्लिक गरेर आफ्नो प्रतिक्रिया लेख्नुहोस्...

तपाईंको विचार लेख्नुहोस्

इमेल सार्वजनिक हुँदैन। प्रतिक्रिया स्वीकृत भएपछि मात्र देखिन्छ।

स्प्याम रोक्न Akismet प्रयोग गरिएको छ।