डा. केसी विधेयकको विपक्षमा

0
Shares

काठमाडौं, (नेस)
नागरिक अभियन्ता डा. गोविन्द केसीले प्रेस विज्ञप्ति जारी गर्दै संसद्को बहुमतले गलतलाई सही सावित गर्न नसक्ने बताउनुभएको छ।
उहाँले भन्नुभएको छ– ‘मिडियाको घाँटी थिच्ने नियतसहित आएको मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानव अधिकार आयोगको स्वायत्तता हरण गर्ने नियतसहित आयोगको ऐनमाथि आएको संशोधन प्रस्ताव, विश्वविद्यालयहरूको स्वायत्तता फितलो बनाएर दलीय चलखेल बढाउने संशोधन प्रस्तावलगायत दण्डहीनता र निरंकुशता–उन्मुख सबै कानुनी प्रावधानहरू तत्काल रोक्न हामी सत्तारूढलगायत सबै राजनीतिक दलहरूको ध्यानाकर्षण गराउँछौं।’