धार्मिक पर्यटनको गन्तव्य स्थल गोसाईकुण्ड



सरस्वति न्यौपाने, रसुवा ।

जिल्लाको साविकको स्याफ्रु गाविस वडा नं. ५ मा अवस्थित धार्मिक पर्यटनको गन्तव्य स्थलको रुपमा परिचित गोसाईकुण्ड चार हजार तिन सय असी मिटर (४३८०) को उचाईमा रहेको छ ।

स्थानिय पुरोहित टंक प्रसाद ढकालका अनुसार समुन्द्र मन्थन गरेर निस्केको काल कुठ विष पिएपछि भगवान महादेव शिव विषको डाह सहन नसकि भौतिक रसुवाको गोसाईकुण्डमा आई अहिले भएको त्रिशुल धारामा त्रिशुल ले खोपे पछि पनि निस्कियो त्यो पानी बगेरर सम्म परेको चउर जस्तोमा जम्मा भई पोखरी बन्यो र त्यसैमा नै डुवेर महादेव ले कालकुट विष लाई शान्त पारे र अहिले त्यही पोखरी ठुलो ताल कुण्ड बन्यो र मानिसहरु भगवानको भगवान महादेवको दर्शन गर्नको लागी गंगा दशहारा जनैपुर्णिमा को अवसरमा हजारौको भिड लाग्ने गरेको बताए ।

स्थानिय समाजसेवी एवम होटल व्यवसायी सुब्बा लामा अनुसार सन् २००७ को सेप्टेम्बर २३ मा अन्तराष्ट्रि महत्व रामसार सुचिमा सुचिकृत भएको यस गोसाईकुण्ड वरपर भैरवकुण्ड सरस्वती कुण्ड सुर्य कुण्ड, बर्दकुण्ड लगाएत धैरै कुण्डहरु रहेका छन् । त्यस वरपर व्यवस्थित रुपको होटलहरु समेत रहेका छन ।

जनैपुर्णिमा दशहरामा गरी करिव ३० हजार मा निस हरु को आगमन हुन्छ र अरु बेला भाद्र महिना विभिन सार्क मुलुक का पर्यटक र आन्तरिक पर्यटकहरु दैनिक १० देखि ५० जना आउने गर्दछन ।

यस्तो पवित्र तिर्थस्थल विश्वले चिनेको ताल र वन्यजन्तु र वातावरण का साथै लाङटाङ हिमाल ले परिचय दिएको यस जिल्लामा २०३२ साल चैत्र ९ गते हिमालको नामबाट लाङटाङ राष्ट्रिय निकुञ्ज स्थापना भई गोसाईकुण्ड जाने बाटो घाटो र विचमा आमी चेक पोष्ट राखि सहज र सरल रुपमा रहेको छ ।

यस गोसाईकुण्डमा सय भन्दा प्रजातिका फुल फुल्ने वनस्पति, विच जटामसी, पदमचाल समेत पाईन्छ । हिन्दु र बौद्ध धर्मको अनुयायीहरुको बढी भीडभाड हुन्छ । जिन्दगीमा एक पटक पुग्नै पर्ने ठाउँ गोसाईकुण्डमा नुहाए स्वर्ग पुगिने कथन छ ।

चट्टानको पहराको कापबाट मुख्यत तीन ठाउँबाट कन्चन जल निस्किको र पहराबाट विलय हुदै कुण्ड बनेको देखिन्छ ६२५.५५ मिटर लम्बाई ३०२ मिटर चौडाई को १३.८० हेक्टर क्षेत्रफलमा फैलिएको यस कुण्डमा म१४,७२००० घन मिटर पानी रहेको अनुमान गरिएको छ ।

यस पवित्र गोसाईकुण्डमा अमर सिंह गुफा, चन्दनवारी चोलाङ पाटी, त्रिशुल धारा भैरवकुण्ड, महादेव मन्दिर मिला रेपा गुफा लौरी विना, सरस्वतीकुण्ड, सर्पकुण्ड, सिङ गुम्बा चन्दनवारीमा चिज बनाउने कम्पनी रहेको छ ।
यस पटक गोसाईकुण्ड गंगा दशहरा मेला जेठ २१ गतेबाट २९ गते सम्म लाग्ने गर्छ ।

प्रतिक्रिया दिनुहोस्