सरकारको नीति तथा कार्यक्रमलाई कांग्रेसले समर्थन नगर्ने

0
Shares

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई समर्थन गर्न नसकिने बताएको छ ।

राष्ट्रपतिद्धारा सरकारको आगामी आर्थिक वर्षको लागि प्रस्तुत गरिएका नीति कार्यक्रमप्रति विमति राखेको छ । सरकारको नीति तथा कार्यक्रम प्रति प्रवक्ता विश्व प्रकाश शर्माले भन्नुभयो, ‘नीति चार बोरा आएको छ । तर, कार्यक्रम एक अम्खोरा जति छ ।’

सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा मिथ्यांक प्रस्तुत गरेको आरोप लगाउँदै प्रवक्ता शर्माले भन्नुभयो, ‘यो सरकारले हिंसा अन्त्य गरेको हो रु के आधारमा भन्यो रु बरु यो सरकारको समयमा बम पड्केर मान्छे मरेका छन् । दलमाथि प्रतिबन्ध लागेको छ । बलत्कार र हिंसाका घटना बढेको छ । भ्रष्टाचार मौलाएको छ ।’

ुसामाजिक सुरक्षा कोषका लागि तामझामका साथ सरकारले सुरुवात गरेको कार्यक्रमले कोषमा कुनै प्रगति नभएको बताउँदै प्रवक्ता शर्माले रोजगारदाताहरूको सहभागिता न्यून रहेको बताउनुभयो । प्रधानमन्त्री रोजगार कार्यक्रम विफल भएको बताउँदै उहाँले भन्नुभयो, ‘छुट्याइएको ४ अर्बमा एक प्रतिशत पनि खर्च भएको छैन। तर, प्रगति भएको छ भनियो ।’

चुरे मार्गलाई अन्य ठाँउको बाटो गाँसेर मदन भण्डारी लोकमार्ग नामाकरण गरेर बनाउने भनिए पनि कुनै प्रगति नभएको बताउनुभयो । राष्ट्रपतिले सदनमा प्रस्तुत गरेको ‘मेरो सरकार’ शब्दावली प्रति कडा आपत्ति जनाउँदै शर्माले भन्नुभयो, ‘संविधानको कुन धारामा मेरो सरकार भन्ने छ रु यो गम्भीर कुरा हो ।’