सरकारको नाराः ‘अब नेपालमा कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’


काठमाडौं,
सरकारले शुक्रबार ल्याएको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमर्मा अब नेपालमा कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’ भन्‍ने नारा नै बनाएको छ। आगामी आर्थिक वर्ष २०७६–०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताउनुभएको छ ।

सरकारले गरिबीको मनोविज्ञान हटाई आत्मविश्‍वास जागृत गरिने दाबी गरेको छ।‘मौलिक हकको कार्यान्वयनबाट सबै नागरिकलाई शिक्षा, स्वास्थ्य, खाद्यान्‍न, रोजगारीको व्यवस्था गरी निरपेक्ष गरिबी अन्त्य गरिनेछु, नीति तथा कार्यक्रममा भनिएको छ, ‘अब नेपालमा कोही भोकै पर्दैन, भोकले कोही मर्दैन।’