अतिक्रमण भएको सम्पूर्ण जग्गा एक वर्षभित्र फिर्ता गर्ने सरकारको प्रतिवद्धता


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेल बालुवाटार जग्गा प्रकरण, खुल्लामञ्च, रत्नपार्क, भृकुटिमण्डपमा ब्यापार प्रकरण लगायतका काण्डहरु घटिरहेको बेला सरकारले सरकारी जग्गा सरकारीकरण गर्ने प्रतिवद्धता व्यक्त गरेको छ । आगामी आर्थिक वर्ष २०७६–०७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले यस्तो बताउनुभएको छ ।

उहाँले भन्नुभयो, ‘‘सम्पूर्ण सरकारी जग्गा सरकारीकरण गरिने छ । सार्वजनिक जग्गाको अनियमितता हटाइने छ । सबै प्रकारका सुकुम्बासी, मुक्त हलियालगायतका सबै भूमिहीनलाई उचित बसोबासको व्यवस्था गरिने छ ।’’

राष्ट्रपति भण्डारीले सार्वजनिक जग्गाको अतिक्रमण हटाइने र अतिक्रमणकारीलाई कडा कारबाही गरिने पनि बताउनुभएको छ ।