भारतमा फानीको वितण्डाः ३ जनाको मृत्यु, एक जना गम्भीर


काठमाडौं । शुक्रबार बिहानैदेखि भारतमा आएको फानी चक्रवातका कारण अहिलेसम्म कम्तिमा ३ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते बनेका छन्।

उडिसाको पुरी तटमामा आएको आएको उक्त चक्रवातका कारण ३ जनाको मृत्यु भएको भारतीय समाचार संस्था पीटीआईले जनाएको छ। त्यस्तै एक जना गम्भीर घाइते बनेका छन्।

उडिसाको नयाँगढममा घरको पर्खाल ढल्दा एक महिलाको मृत्यु भएको छ भने आपतमा परेकालाई सुरक्षित स्थानमा लैजाने क्रममा अर्का एक व्यक्तिको मृत्यु भएको छ। यस्तै पत्तामुन्डाइ इलाकामा पनि एक महिलाको मृत्यु भएको छ। नयाँगढमै अर्की एक महिला गम्भीर घाइते बनेका भारतीय सञ्चारमाध्यमले जनाएका छन्।