राष्ट्रपतिको उद्घोषः आर्थिक वर्षमा पाँच लाख रोजगारी सिर्जना हुनेछ


नेपाल समाचारपत्र, काठमाडौं ।
आगामी आर्थिक वर्षमा पाँच लाख रोजगारी सिर्जना हुने बताइएको छ । निर्माण र उत्पादनमूलक क्षेत्रमा आउँदो आवमा पाँच लाख रोजगारी सिर्जना गर्ने सरकारको तयारी छ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले सार्वजनिक र निजी क्षेत्रको साझेदारीमा पाँच लाखभन्दा बढी रोजगारी सिर्जना गर्ने सकारको तयारी भएको बताउनुभएको छ ।

शुक्रबार आर्थिक वर्ष २०७६ ७७ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति भण्डारीले यस्तो बताउनुभएको हो ।