दुर्घटना न्युनिकरणका लागि प्रहरी अभियान चलीरहेकै बेला दुर्घटना हवात्तै बढ्यो, ३ दिनमा ७ जनाको मृत्यु


यमलाल भुसाल, बुटवल ।
पाँच नम्बर प्रदेशमा दुर्घटना न्युनिकरणका लागि ठाउँका ठाउँ प्रहरी अभियानका साथ संचालन गरिएको सडक सभ्यता अभिवृद्धि मुलक साताव्यापी कार्यक्रमकै बिचमा दुर्घटना बढी हुदाँ मानिसको ज्यान जाने संख्यामा समेत वृद्धि भएको छ ।

प्रदेश पाँचको ट्राफिक प्रहरीले शनिवार देखि सडक सभ्यता अभिवृद्धि मुलक साताव्यापी कार्यक्रम शुरु गरेको हो । यसकार्यक्रमवाट प्रदेश पाँचमा सवारी दुर्घटनाका कारण हाल प्रतिमहिना ४८ जनाको ज्यान जाने गरेको छ ।

यो संख्यालाई घटाएर ३० मा झार्ने, त्यसैगरी हाल ८७ वटा सवारी साधन प्रतिमहिना दुर्घटना हुने गरेकोमा सो संख्यालाई ५० मा झार्ने, सवारी दुर्घटनाकै कारण प्रतिमहिना ७०२ जना घाईते हुने प्रहरीको तथ्यांक छ । यो संख्यालाई पनि ५ सयमा झार्ने प्रहरी रणनीति हो ।

तर सोही कार्यक्रम संचालन भएकै समयमा दुर्घटनाको दर बढन थालेको र मानव मुत्युको संख्या झन बढने संकेत देखिएको छ । कार्यक्रम संचालन भएपछि गुल्मीमा जिप दुर्घटनामा परि ५ जना ,अर्घाखाचीमा जिपदुर्घटनामा १ जना र विहिवार बुटवलमा टिप्परको ठक्करवाट एक जना गरि तिन दिनमा ७ जनाको मुत्य भएको प्रहरीले जनाएको छ ।

यो दुर्घटनाको अवस्थालाई ध्यान दिदाँ दुर्घटना न्युनिकरणका लागि ठाउँका ठाउँ प्रहरी अभियान कार्यक्रम फलदायी हुन नसकेको होकी बढी कडाई गर्दा दुर्घटना बढेको हो अनुसन्धान गर्न जरुरी देखिएको छ ।

बुटवलको जितगढीमा विहिवार टिप्परको ठक्करबाट एक जनाको घटनास्थलमै मृत्यु भएको छ । टिप्परको ठक्करबाट बुटवल उपमहानगरपालिका वडा न १२ तामनगर बस्दै आएकी १९ वर्षीय पुष्पा भण्डारीको मृत्यु भएको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

दुर्घटनापछि आक्रोशित भीडले तामनगरमा एक घण्टा सडक अबरुद्ध गरेका थिए ।
सडक बन्द हुँदा सवारी साधन आवागमनमा समस्या परेको छ ।

ठक्कर दिने चालकलाई कारवाहीको माग गर्दै स्थानीयवासी सडकमा उत्रिएका हुन् । पूर्वबाट पश्चिम जाँदै गरेको लु ४५ प ७२३४ नंम्वरको स्कुटरलाई सोहि दिशा बाट आएको टिप्परले ठक्कर दिंदा पुष्पाकोे मृत्यु भएको हो । भण्डारी स्कुटरको पछाडी बसेकी थिइन् ।

स्कुटर चालक पुष्पाका बुवा घनश्याम भण्डारी घाइते हुनु भएकाले उहाँको अस्पतालमा उपचार भैरहेको छ ।