कुवेतमा लिभिङ टुगेदरमा बस्दै आएकी मायाले आफ्नै प्रेमी खेम बहादुरको हत्या गरेको खुलासा


काठमाडौँ ।
कुवेतमा लिभिङ टुगेदरमा बस्दै आएकी धरानकी महिलाले तनहुँको खेम बहादुरको छुरा प्रहार गरि हत्या गरेको खुलासा भएको छ ।
धरान घर बताउने उक्त महिलाले बुधबार दिउँसो कुवेतको मंगाफ स्थित ब्लक ४ मा छुरा प्रहार गरि प्रेमीको हत्या गरेकी हुन्। छुरा प्रहारबाट तनहुँको शुक्लागण्डकी–१ स्थायी घर भएका खेम बहादुर विकको ज्यान गएको हो।

विकको छाती र ढाडमा धारिलो हतियार प्रहार गरेर हत्या गरी कपडाले छोपेर राखेको अवस्थामा फेला परेको थियो ।

मृतक खेम बिक कुवेतमा वैधानिक रुपमा बस्दै आएका थिए भने माया अवैधानिक रुपमा बस्दै आएकी थिइन् ।

घटनापछि कुवेत प्रहरीले हत्या आरोपित माया गुरुङसहित अन्य २१ जनालाई प्रकाउ गरेको छ।