आज मेघगर्जन र हुरीबताससहित पानी पर्ने

0
Shares

काठमाडौँ  । उपत्यकासहित मध्य क्षेत्रको केही ठाउँमा बिहीबार पनि बेलुकीतिर हुरीबतास चल्ने मौसमविद्ले अनुमान गरेका छन् ।

भारतको विहार र पश्चिम बंगालमा बनेको न्यूनचापीय क्षेत्र तथा पश्चिमी र स्थानीय वायुको प्रभावले बिहीबार देशका केही ठाउँमा मेघगर्जन र हुरीबताससहित पानी पर्ने संभावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो ।

यस्तै केही ठाउँमा असिना पनि पर्ने अनुमान गरिएको विभागले उहाले बताउनुभयो । बंगालको खाडीको दक्षिण पूर्वी भागमा रहेको शक्तिशाली चक्रवात फानीको प्रभावले शुक्रबार दिउँसोपछि पूर्वी र मध्य क्षेत्रको हिमाली भेगमा भारी हिमपातसहित हुरीबतास चल्ने भएकाले सावधानी अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।