देशभरका विद्युत प्राधिकरणको महसुल काउण्टर बन्द

0
Shares

काठमाडौं । विद्युत प्राधिकरण ट्रेड युनियन चुनावका लागि भन्दै विद्युत प्राधिकरणका कर्मचारीले बिहीबार देशभरी नै आय संकलन काउन्टर बन्द भएका छन् ।

महसुल तिर्ने काउन्टर बन्द हुँदा सेवाग्राही भने मर्कामा पर्ने भएका छन् । आधिकारिक ट्रेड युनियनको चुनावका कारण बिहीबार देशभरको कुनै पनि काउन्टरबाट विद्युत् महसुल तिर्न नसकिने नेपाल विद्युत् प्राधिकरणले जनाएको छ ।

तर अनलाइनबाट भने भुक्तानी गर्न सकिने छ । चुनावमा नेपाल विद्युत् प्राधिकरण राष्ट्रिय कर्मचारी युनियन र नेपाल विद्युत् प्राधिकरण कर्मचारी संघबीच प्रतिष्पर्धा हुनेछ ।