नगरपालिकाले जथाभावी जग्गा बाँडेको भन्दै व्यापार संघको भवन शिलान्यासमा अवरोध

0
Shares

यमलाल भुसाल, बुटवल ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले जथाभावी जग्गा बाडेको भन्दै वडा नम्वर ५ का स्थानिय वासिन्दाले बिरोध जनाएका छन ।

नगरपालिकाले उपलब्ध गराएको जग्गामा तिलोत्तमा व्यापार संघले सचिवालय निर्माणका लागि बुधवार शिलान्यास गर्न लाग्दा स्थानीयले बिरोध गरेका छन् ।

स्थानीयको बिरोधले व्यापार संघले सचिवालय निर्माणको शिलान्यास कार्यक्रम ततकालका लागि रोकिएको छ ।

सचिवालय शिलान्यास कार्यक्रम सुरु हुनै लाग्दा स्थानीयले नगरपालिकाले जग्गा दिएपनि हामीले जग्गा दिदैनौ भन्दै अवरोध गरेपछि व्यापार संघले नै शिलान्यास कार्यक्रम तत्कालका लागि स्थिकृत गरेको जनाएको छ ।

भवन शिलान्यासका लागि आउनु भएका नगर प्रमुख बासुदेव घिमिरे स्थानियको बिरोध देखेपछी मञ्चमा नै नगई फर्किनु भएको छ ।

स्थानियलाई आक्रोशित नहुन आग्रह गर्दै प्रमुख घिमिरेले बिगतमा सर्बदलिय बैठकले उद्योग बाणिज्य संघ, ब्यापार संघ जस्ता महत्वपूर्ण सस्थालाई भवन बनाउन जग्गा उपलब्ध गराउने निणर्य गरेको बताउदै स्थानियको बिरोध भए पुन ः छलफल गर्न सकिने बताउनु भयो ।

स्थानियले सार्वजनिक जग्गा संघ संस्थालाई भवनका लागी जग्गा दिदा टोल कमिटीसंग छलफल नगरेको आरोप लगाएका छन् ।

स्थानिय काशिनाथ पाण्डेले वडा नं. ५ मा रहेको १५ कठ्ठा जग्गामा गार्डेन सहितको बृद्धाश्रम बनाउने भनिएपनि अहिले संघ संस्थालाई जग्गा दिएका कारण विरोध गरिएको बताउनु भयो ।

तिलोत्तमा व्यापार संघका अध्यक्ष जे.पी. कडेलले पार्टीकै बिरोध भए हिजो पत्राचार गर्दा नै जानकारी गराउनु पर्नेमा त्यसो नगरी कार्यकर्तालाई उतारेर बिरोध गर्नु उपयुक्त नभएको बताउनु भयो ।