मार्तडी–कोल्टी सडक बन्यो नेताहरुको दुुुहुनो गाई


दयाराम पण्डित, बाजुरा ।
बिश्वखाद्य कार्यक्रम अन्तरगत कामका लागि खाद्यन्न कार्यक्रमवाट सूरुभएको मार्तडी–कोल्टी कवाडी सडक खण्डमा बिगत १७ वर्ष देखि नियमित बजेट खर्च भएको छ । ४२ किलोमिटर सडक निर्माणका लागि झण्डै ३३ करोड रुपैया खर्च भईसकेको प्राविधिक श्रोतले वताएको छ ।

यस वर्षका लागि पनि मार्तडी कोल्टी सडक निर्माणका लागि भन्दै प्रदेश सरकारवाट १३ करोड रुपैया विनियोजन गरेको कानुन तथा स्थानीय मामिला मन्त्रीका स्वकीय सचिव एवं मार्तडी कोल्टी सडक उपभोक्ता समितीका पूर्व अध्यक्ष जंग विकले जानकारी दिनुुभयो ।

२०५८ सालमा सुरु भएको मार्तडी कोल्टी सडक निर्माणका लागि विश्व खाद्यकार्यक्रम , तत्कालिन जिल्ला विकास समिती , सडक विभाग, बडिमालिका नगरपालिका , बुडिगंडा नगरपालिका र सांसद विकासष कोष लगायतका दजैनौं निकाय दातृ संस्थावाट लगानी भएको छ । चार वटा उपभोक्त समिति र ठेक्कावाट पनि निर्माण कार्य वर्षेनी नियमित भैरहेको छ । रकम सकिन्छ तर, काम सकिदैन ।

“यस वर्षका लागि पनि सुदुरपश्चिम प्रदेश सरकार बाट १३करोड रुपैंया बरावरको बजेट विनियोजन भएको छ ।
उसो त आफु निर्माण समितिको अध्यक्ष हँुदा काम गराए वापत सात लाख रुपिया हाल सम्म पनि भुक्तानी नपाएको र केही नेताको स्वार्थ सिद्धीका लागि उपभोक्ता समित बाट खोसेर उनका आफन्तलाई ठेक्का पनि गराएको आरोप विकले लगाए । तर, सडकको हालत उस्तैछ । मार्तडी कोल्टी सडकखण्ड उपभोक्त समितिका पूर्व अध्यक्ष जंग विकको भनाई छ । ”

अलिपानी पर्दा ट्याक्टर सम्म गुडाउन सकिदैन । जेठ देखि कात्तिक सम्म सडक पूर्णरुपमा बन्द हुन्छ । सडकको लेवल नमिलाई वातावरणीय असरप्रभाव अध्धयनन नगरी वनाएको सडकमा करौंडौं बजेट बालुवामा पानी हाले सरह भएको स्थानीयको गुनासो छ ।

जो आएपनि रकम मिलाएर खानलाई मात्र आउँछन् सडक निर्माण हुनलागेको दुुई दशक हुन लाग्यो सडकको स्तरउन्नती भएको छैन स्थानीय युवा बलवहादुर रोकायाले गुनासो गरे ।

यतिठूूलो धनराशी खर्च भईस्क्दा पनि मार्तडी कोल्टी सडकको यात्रा अत्यन्त कष्टदायी मात्र हैन जोखिम पनि उत्तीकै छ । मार्तडी –कोल्टी सडकखण्ड अन्तरगत खेतकांटियामा ६मिटर लामो एक मिटर चौडाई सामन्य कल्भर्ट पनि नवनाउदा तारन्तार मार्तडीको विद्युत नहर अवरुद्ध हुने गरेको छ । नहरमाथिबाट जथाभावी सडक खन्दा नहर भत्किएको छ । त्रिबेणी विद्युत केन्द्रले विछ्याएका स्ल्यावहरु बारम्वार जीप तथा ट्याक्टरले फुटाएर नहरको पानी अवरुद्ध गराएको हो । नहर भत्किदा सदरमुकाम मार्तडीको विद्युत सेवा बारम्वार बन्द हुदा सेवग्राही मर्कामाछन् ।
बातावरणीय असर प्रभाव अध्ययन तथा स्टिमेट बिना सडक खन्दा नहर भत्किएपछि सडक क्षेउबाट दर्जनौ ठाउँमा पहिरो समेत गएको छ । गत साता गएको पहिरोवाट पहिरोवाट स्थानीयले लगाएको गहुँ तथा धानको बेर्नामा समेत क्षेती भएको छ ।

त्रिबेणी सहकारी संस्थाले तान्तार मर्मत गर्ने तर, जीप तथा ट्याक्टर ह्याभीगाडीले नहर भत्काएको त्रिबेणी साना जल विद्युत केन्द्रका अध्यक्ष अशोककुमार रावलले वताउनुु भयो ।

नहरमाथि विच्छ्याएका सल्यावहरु पटक फुटाएर नहर अवरुद्ध भएको संस्थाका अध्यक्ष अशोककुमार रावलले वताएका छन् । दिउसो स्ल्याव राख्ने राति ट्याक्टरवाला आएर फुटाई दिन्छन् । नहरको पानी अबरुद्ध हुदा पहिरो गई लाखैं रुपैंया वरावरको जग्गा तथा बानीनाली क्षेती भएको छ ।

“त्यै गाडीमा बाजुराको धुलाचौरवाट सुर्खेत पुुग्न सात घण्टा लाग्छ । तर सदरमुकाम मार्तडी पुुग्न १२ घण्टा लाग्छ । त्यही कर्णाली करीडोरको वाट नेपाली सेनावाट निर्माण हुदा बाटो सहज भयो । मार्तडी कोल्टी सडक निर्माण नेता उपभोक्ता समितिबाट हुंदा मार्तडी कोल्टी सडकको कन्तीविजोग छ । ” बजेट छरेर हैन विकासमा प्रतिफल ल्याउने हुनुपर्छ । प्रदेश सरकारले वजेट हालेका लिष्ट देखाउनुभन्दा कायाृन्वयन छिटो भए नागरिकलाई सुविधा हुन्छ । बैशाखको तेस्रो साता लागि सक्दा पनि बजेट कार्यन्वयन भएको छैन् कार्यकर्ता पोष्याने वजेटले विकास हुदैन । हिमाली गाउँपालिकाका अध्यक्ष गोेविन्दवहादुर मल्लले वताउनुुभयो ।

लामो समय सम्म पनि सडकको स्तर उन्नती नभएपछि सडककै कारण नहरको क्षेती बिवरण बुुझ्न प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपानेले गत साता स्थलगत अध्ययन गर्नुभयो । “सडकको लगानी हेर्दा टन्न बजेट खर्च भएको छ । तर डेडलाख रुपैंया सम्मको कल्भर्ट नवनाउँदा नागरिकलाई सास्तीभएको छ , ” प्रजिअ न्योपानेले वताउनुुभयो ।

मैले सम्बद्ध निकायमा जानकारी गराएको छु । यथासीघ्र काम थालनी हुनेछ प्रजिअ न्योपानले वताउनुुभयो । वर्षेनी बजेट आउँछ कसैलार्ई सडक दुुहुुनुगाई जस्तै भएको छ । जनतालार्ई सास्ती उस्तै छ । मार्तडी कोल्टी सडक त नेताको लागि दुुहुुनु गाईजस्तै भयो नागरिकले गुनासो गरेकाछन् ।

फोटो क्याप्सन ः सदरमुकाम मार्तडीको बत्ती र सडक संरचना अबरुद्ध भएपछि प्रमुख जिल्ला अधिकारी गंगाप्रसाद न्यौपाने खेतकांटीयामा सडक तथा नहर अनुुगमन गर्नहुंदै । तस्वीर दयाराम पण्डित बाजुरा