पत्रकारको पेशागत तथा भौतिक सुरक्षाप्रति कसैसँग पनि सम्झौता हुँदैन: अध्यक्ष आचार्य

0
Shares

काठमाडौँ । नेपाल पत्रकार महासघंका अध्यक्ष गोविन्द आचार्यले पत्रकारको पेशागत तथा भौतिक सुरक्षाप्रति कसैसँग पनि सम्झौता नहुने बताउनुभएको छ ।

श्रमिक दिवसका अवसरमा काठमाडौँमा महासघंले आयोजना गरेको कार्यक्रममा अध्यक्ष आचार्यले सरकारले बनाएका कानुनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता प्रति अंकुश लगाउने खतरा बढेको बताउनुभएको छ ।

उहाँले लोकतन्त्रको आधारभुत मान्यतालाई कसैले हस्तक्षप गरेमा चुप लागेर नबस्ने पनि बताउनुभएको छ । पत्रकारलाई सम्मानपूर्वक बाँच्नका लागि र श्रम अनुसारको ज्याला दिने विषयमा कार्यक्रममा सहभागी अन्य ब्यक्तिहरुले पनि समर्थन जनाएका छन् ।

दिवशको अवसरमा बुधबार बिहान महासंघले ऐक्यबद्धता र्‍याली गरेको हो । र्याली माइतीघरदेखि नयाँबानेश्वरसम्म पुगेर कोणसभामा परिणत भएको थियो ।