ग्यास चुलो गोदाममा आगलागी हुँदा ६ महिने शिशुसहित पाँचको मृत्यु

0
Shares

काठमाडौं । भारतको लखनउमा बुधबार बिहान आगलागीमा परी ५ जनाको मृत्यु भएको छ ।

त्यहाँको इन्दिरनगरको एक घरमा बनाइएको ग्यास चुलोको गोदाममा भएको आगलाागीमा परी ६ महिनाको शिशुसहित ५ जनाको मृत्यु भएको हो ।

आगलागी विद्युत् सट भएर लागेको हुनसक्ने अनुमान गरिएको छ । आगलागी भएको संकेत २ बजेर ४० मिनेटमा दमकलमा जानकारी गराएका थिए । आगो नियन्त्रणमा लिनका लागि १२ वटा दमकलको प्रयोग गरिएको थियो ।

घटनाको समयमा ग्यास चुलो गोदामका मालिक टीएन सिंह बाहिर रहेको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।