पोखरा विश्वविद्यालयको बेथितिको समाधान खोज्दै आन्दोलन, नेवि संघका सदस्य त्रिपाठी समातिए


नेपाल समाचारपत्र, काठमाडौं,
नेपाल विद्यार्थी संघका निवर्तमान केन्द्रीय सदस्य नवराज त्रिपाठी पक्राउ परेका छन् । पोखरा विश्वविद्यालयको बेथिति ,मारमा परेका विद्यार्थीको समस्या समाधान र दोेषी कलेजलाई कारवाही माग गर्दै मध्यबानेश्वरको साइन कलेज अगाडिमा शान्ति पुर्ण प्रदर्शन गर्ने क्रममा प्रहरीले पक्राउ गरेको नेविसंघ नेता मनिष सिंखडाले जानकारी दिए ।

प्रहरी अनावश्यक रुपमा लाठी चर्चा गरेको भन्दै विरोधमा उत्रिएका विद्यार्थीहरुलाई प्रहरीले लछारपछार गर्दै नियन्त्रण लिएको हो । पोखरा विश्वविद्यालयको बेथिति ,मारमा परेका विद्यार्थीको समस्या समाधान र दोेषी कलेजलाई कारवाही माग गर्दै मध्यबानेश्वरको शाइम कलेज अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीले पक्राउ गरेको नेविसंघ नेता मनिष सिंखडाले जानकारी दिए ।

त्रिपाठीको पक्राउपछि आक्रोशित विद्यार्थीले एक्सेल कलेजमा तोडफोड गरेका छन् । नेविसंगले त्रिपाठीलाई तत्काल रिहाइ नगरे थप आन्दोलनका कार्यक्रमको घोषणा गर्ने जनाएको छ । व्यवस्थापन संकायका सबै कार्यक्रमका लागि कक्षा ११ र १२ मा न्यूनतम मापदण्ड ‘सि’ ग्रेड हुनुपर्ने स्पष्ट पारेको थियो।

अक्षारांकन पद्धतिअनुसार कक्षा ११ र १२ को लागि छुट्टाछुट्टै ग्रेड र अङ्क पद्धतिको आधारमा प्लस टु पास वा समकक्षी ट्रान्सक्रिफ्ट अनुसारको प्रतिशतलाई दोहोरो तरिकाले व्याख्या गरिएको थियो। विश्वविद्यालय पदाधिकारी र कलेज सञ्चालकहरूले आ– आफ्नो तरिकाले मापदण्डको व्याख्या गरेपछि परीक्षा सर्दै आएको थियो।