क्याम्पस प्रमुखलाई विद्यार्थी संगठनले कार्यकक्षमै थुने

0
Shares

दाङ । तुलसीपुरस्थित राप्ती बबई क्याम्पसका क्याम्पस प्रमुखलाई कार्यकक्षभित्रै ताला लगाएर थुनिएको छ ।

नेपाल कम्युनिस्ट पार्टी निकट अनेरास्ववियु र क्रान्तिकारीले मंगलबार बिहान ९ बजेतिर क्याम्पस प्रमुख प्रकाश रावतलाई कार्यकक्षभित्रै ताला लगाएर थुनेको हो ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट गएको प्रहरीले साढे ९ बजेतिर ताला फोडेर क्याम्पस प्रमुखलाई बाहिर निकालेको हो ।

अनेरास्ववियु दाङका अध्यक्ष वीरवर खड्काले आफूहरूले राखेका माग सुनुवाइ गर्न क्याम्पस प्रमुखले कुनै पनि चासो नदिएको हुँदा प्रमुखलाई कार्यकक्षभित्रै ताल्चा लगाएर थुन्नु परेको बताए ।