नेकपा टोली पुष्पलाल सम्झदै काठमाडौंदेखि भँगेरीसम्म

0
Shares

काठमाडौं । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) प्रदेश ३ का संयोजक एवंम सांसद अष्टलक्ष्मी शाक्यसहित नेता तथा कार्यकर्ता टोली पुष्पलाललाई सम्झदै काठमाडौंबाट रामेछापको भँगेरी प्रथान गरेको छ ।

पार्टीका संस्थापक नेता स्वर्गीय पुष्पलालको सम्झनामा मंगलबार जन्मथलो रामेछापमा विशेष कार्यक्रम हुँदैछ । पार्टी स्थापनाको ७० औं वर्षको अवसरमा प्रदेश ३ कमिटीले काठमाडौंबाट भँगेरीसम्म ¥याली गर्ने भएको हो ।

प्रदेश–३ कमिटीले संस्थापक नेता पुष्पलालाको बारेमा अध्ययन अनुसन्धान गर्ने उद्देश्यका साथ कार्यक्रमको आयोजना गरिएको सांसद अष्टलक्ष्मी शाक्यले जानकारी दिनु भयो ।