मेलामा ठाउँले दिएको रौनक !

0
Shares

नेपाल समाचारपत्र, ललितपुर
पुल्चोक, नटोलस्थित मदनस्मारक स्कुलको खुल्ला चौर । ललित अन्तर्राष्ट्रिय व्यापार मेला भइरहेको सो स्थानले धेरैको ध्यान खिचेको छन् । अघिपछि ललितपुरमा हुने हरेक व्यापार मेला पाटन दरबार क्षेत्रस्थित भण्डारखाल बगैँचा र मंगलबजार आसपासका स्थानमा हुने गर्दथ्यो ।

यसपटकको स्थानको चयनले पनि चैत्र २७ गते बुधबारदेखि सो स्थानमा भएको मेलामा नयाँपन दिएको धेरैको बुझाई रहेको छ । संघका अध्यक्ष कृष्णलाल महर्जनले मेलाकोे स्थान छनौटले सो स्थान मेलाको लागि केन्द्रबिन्दु रहेको ध्यानाकर्षण गराएको धारणा राख्नुभयो ।
‘यो स्थान सबैलाई पायक पर्ने ठाउँमा छ । सिधै यातायातको पहुँच छ । वरपर पनि पाकिङ व्यवस्था भएकोले यस ठाउँमा मेला गर्न पाए कस्तो हुन्थ्यो भन्ने कुरा एक वर्षदेखि मनमा खेल्न थालेको थियो । बल्ल आएर कल्पना साकार भएको छ ।’ अध्यक्ष महर्जनले भन्नुभयो ।

‘यहाँको खुल्ला स्थान त मेलाको लागि निकै सुहाउँदो रहेको पाएँ ।’ मेलाको अवलोकन गर्न आउनुभएका ललितपुर ठेचोका विकास मालीले भन्नुभयो ।‘मेलामा यस किसिमको सज्जावट, बाहिरी आकर्षण सधै भृकुटीमण्डप वा ललितपुर बाहिर मात्र देख्न गरिन्थ्यो ।’ यस पटक ललितपुरमै यस्तो दृश्य देखिएकोमा खुशी हुँदै मालीले भन्नुभयो ‘‘यस्तो ठाउँमा यस किसिमले मेलाको गर्न सकिन्छ भनेर मेलाले धेरैको आँखा खोलेको छ ।’

अनियन्त्रित शहरी विकासले ललितपुरका धमाधम खुल्ला ठाउँ कंक्रिटको जंगल बन्दै गएको छ । निजी जग्गा त बाँकी रहने कुरै भएन । सार्वजनिक स्थलसमेत अतिक्रमण गरी निर्माण कार्यले कला र संस्कृतिको नगर कुरुप बन्दै गएको छ । यस्तो अवस्थामा बचेखुचेको मदनस्मारको खुल्ला चौरमा मेला गरेर खुल्ला ठाउँको महत्व र त्यसलाई जोगाउनुपर्ने सन्देश दिएको छ ।

अनियन्त्रित शहरी विकासले ललितपुरका धमाधम खुल्ला ठाउँ कंक्रिटको जंगल बन्दै गएको छ । निजी जग्गा त बाँकी रहने कुरै भएन । सार्वजनिक स्थलसमेत अतिक्रमण गरी निर्माण कार्यले कला र संस्कृतिको नगर कुरुप बन्दै गएको ललितपुर–१६ क्वालखु निवासी सुजन बज्रचार्यले बताउनुभयो। यस्तो अवस्थामा बचेखुचेको मदनस्मारको खुल्ला चौरमा मेला गरेर खुल्ला ठाउँको महत्व र त्यसलाई ठाजोगाउनुपर्ने सन्देश दिएको विगतमा विभिन्न मेलाको इभेन्ट म्यानेजमेन्ट गर्ने समेत जिम्मेवारी सम्हालिसक्नुभएका बज्राचार्यको भनाई रहेको छ । मेला अवलोकन गर्ने आउनेहरुको प्रतिक्रिया बज्राचार्यको भन्दा फरक छैनन।

बुधबार भएको उद्घाटन समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुनले ललितपुरमा एउटा अन्तराष्ट्रिय स्तरको प्रर्दशनी हल बनाउन सरकारको ध्यानाकर्षण गराउनु भएको थियो । यस अघि संघका अध्यक्ष महर्जन र ललितपुर क्षेत्र नं ३ का सांसद् पम्फा भुसालले ललितपुरमा प्रदर्शनीको हलको बारेमा उठाएको विषयलाई सम्बोधन गर्दै उपराष्ट्रपति पुन सो ध्यानाकर्षण गराउनुभएको हो ।

उपराष्ट्रपति पुनले प्रर्दशनीका लागि हलको व्यवस्था नभएको उल्लेख गर्दै जिल्ला जिल्लामा पनि प्रर्दशनी हलको व्यवस्था हुने गरी आगामी आर्थिक वर्षमा बजेटको व्यवस्था गर्न पनि सरकारलाई सुझाव दिनु भयो।

मेलाको दोस्रो दिन अवलोकन गर्नेहरुको सहभागिता उत्साहजनक रहेको संघका कार्यकारिणी सदस्य एवं प्रचारप्रसार संयोजक मिलन शाक्यले बताउनुभयो । विहीबार मात्र १५ हजार भन्दा बढीले मेलाको अवलोकन गरेको दाबी गर्दै संयोजक शाक्यले तीन दिनमा सो संख्या दोब्बर हुने अनुमान गर्नुभयो ।

मेलामा करिब १ सय वटा स्टलहरु रहेको छ । भारत, पाकिस्तान, बंगलादेश, चीन लगायत विभिन्न देशको उत्पादित लत्ताकपडा, दैनिक उपयोगी र सज्जावटका गरी ३० वटा स्टल रहेका छन् । त्यसैगरी नेपाली हस्तकलाका सामग्री, धातुकला लत्ताकपडा, पस्मिना, लगायत ७० वटा स्टल रहेका छन् ।विभिन्न महिला समँहले उत्पादन गरेका सामग्री पनि प्रदर्शन र बिक्री विक्री वितरणका लागि राखिएको छ ।

संघको ५२ औं स्थापना दिवस र हरेक वर्ष निरन्तर मेला आयोजना गर्ने नीति अनुरुप सो मेला आयोजना गरिएको थियो ।।पाँच दिनसम्म चल्ने सो मेला हरेक दिन सांस्कृतिक कार्यक्रम हुने छ ।