बारा–पर्सामा हावाहुरीः मृतकका परिवारलाई प्रदेश सरकारले तत्कालीन राहतस्वरुप ३ लाख रुपैयाँ दिने


नेपाल समाचारपत्र, जनकपुर।
आइतबार राति हावाहुरीबाट बारा, पर्सा लगायतका जिल्लामा भएको ठूलो धनजनको क्षतिप्रति प्रदेश २ सरकारले दुःख व्यक्त गरेको छ ।आज बसेको प्रदेश मन्त्रिपरिषदको बैठकले मृतकका परिवारलाई ३ लाख रुपैयाँ तत्कालीन राहतस्वरुप प्रदान गर्ने निर्णय गरेको छ ।

आइतबार राति बारा र पर्साका विभिन्न ठाउँमा असिनापानीसँगै आएको हावाहुरीबाट २७ जनाभन्दा बढीको मृत्यु भएको छ । कलैया, वीरगञ्ज लगायतका अस्पतालहरुमा ४ सय भन्दा बढी घाइते भएका छन् ।
सुरक्षाकर्मी र स्थानीय उद्धारकर्मीहरु रातिदेखि अहिलेसम्म उद्धारमा खटिइरहेको गृहमन्त्रालयले जानकारी दिएको छ ।