काठमाडौं । बारा र पर्सामा आएको हावाहुरीको कारण स्पष्ट नभएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशको मध्य भू केन्द्रित क्षेत्रमा आएको हावाहुरीको कारण स्पष्ट नभएको र अध्ययनको विषय भएको मौसमविद् मिनकुमार अर्यालले बताएका छन् ।
उनले माथिल्लो भुभागमा पश्चिमी वायुको थोरै प्रभाव र स्थानीय वायुको प्रभाव हुँदा माथि चिसो हावा र तल तातो हावा ओभरटर्निङ भएर हावाको बेग धेरै भएका कारण धेरै क्षति हुन पुगेको बताए ।
उनले स्थानीय वायुको प्रभाव र भारतको मध्य प्रदेशतिर बनेको न्यूनचापिय क्षेत्रका कारण हावाहुरी चलेको हुनसक्ने अनुमान उनको छ । मध्य क्षेत्रमा हावाहुरी चल्ने तथा मेघ गर्जनसहित पानी पर्ने सम्भावना देखेका तर यस्तो गम्भीर घालको हावाहुरीको आँकलन नभएको उनले बताए । आइतबार बेलुका आफूहरुले मौसमी गतिविधि निरन्तर अवलोकन गरिरहेको पनि उनले जानकारी दिए ।











प्रतिक्रिया