काठमाडौं । प्रदेश २ का मुख्यमन्त्री लालबाबु यादव र आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवसहित चिकित्सक र राहत वितरण टोली हावाहुरीले क्षति पुर्याएको बारामा पुगेका छन्।
आज बिहान ७ बजे बसेको मन्त्रिपरिषदको आकस्मिक बैठक सकिए बित्तिकै टोली त्यसतर्फ लागेको थियो। बैठकले मृतक परिवारलाई तीन लाख रुपैयाँ र घाइतेलाई निःशुल्क उपचार गर्ने निर्णय गरेको छ। यस्तै, पीडितलाई क्षतिपूर्ति, राहत र भत्किएका संरचना पुनर्निर्माणको पहल थाल्ने आन्तरिक मामिला तथा कानुनमन्त्री यादवले जानकारी दिएका छन।
सरकारका अन्य मन्त्रीहरुलाई समेत थप स्वास्थ्य व्यवस्था तथा राहत सामग्रीसहित हावाहुरी प्रभावित क्षेत्रमा पुग्न निर्देशन दिइएको आन्तरिक मामिला तथा कानुन राज्यमन्त्री सराजेजसिंह कुशवाहाले बताएका छन ।











प्रतिक्रिया