काठमाडाैं ।
बारा र पर्सामा रगत अभाव देखिएको छ । आवश्यक रगत नभएपछि हावाहुरीमा परी घाइते भएकाहरुको उपचारमा समस्या भएको अस्पतालहरुले जनाएका छन् ।
आइतबार एक्कासी आएको हावाहुरी र असिना–पानीका कारण ठूलो संख्यामा घाइते भएपछि उपचारका लागि रगत अभाव देखिएको हो । वीरगञ्ज अस्पतालमा घाइतेहरूको उपचारमा खटिएका एक चिकित्सकका अनुसार ब्लड बैंकमा रगत नभएका कारण बिरामीको उपचार रोकिएको छ । ‘एबि पोजेटिभ, ओ पोजेटिभ, ए पोजेटिभ र ए नेगेटिभ रगतको अभाव भएको छ ।’ ति चिकित्सकले भने, ‘छिटोभन्दा छिटो ब्लड आवश्यक देखिएको छ ।’
अस्पताललाई एकैपटक धेरै घाइतेहरुमा रगत आवश्यक पर्दा रगत अभाव भएको बुझिएको छ । प्रदेश नम्बर २ मा मुख्य न्यायाधीवक्ता दिपेन्द्र झाले ट्वीट गर्दै रगत अभावका भएकोले रक्तदान गर्न आह्वान गरेका छन् । उनले फेसबुक र ट्वीटमा लेखेका छन्, ‘वीरगन्ज अस्पतालमा रगतको अभाव देखियो, स्थानीय साथीहरु वीरगन्ज अस्पताल गई तत्काल रगत दान गरौँ ।’
हावाहुरीका कारण बारा र पर्सा गरी कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने ५०० बढी घाइते भएका छन् ।











प्रतिक्रिया