बारा र पर्सामा हावाहुरीका कारण दुई दर्जन बढीको मृत्यु, ४०० भन्दा बढी घाइते

282
Shares

काठमाडौं । बारा र पर्सामा हावाहुरी र असिना–पानीको कारण ठूलो जनधनको क्षति भएको छ । आज साँझ परेको मेघगर्जन र हावाहुरीसहित असिनापानीका कारण २५ जनाको मृत्यू भएको छ, भने ठूलाे संख्यामा घाइते भएका छन् ।

बारामा २४ जना र पर्सामा १ जना गरेर २५ जनाको मृत्यू भएको प्रहरीले न्यूज अफ नेपाललाई जानकारी दिएको छ । अहिलेसम्म घाइतेहरुको एकिन भने गर्न नसकिएको प्रहरी प्रमुख सर्बेन्द्र खनालले न्यूज अफ नेपाललाई जानकारी दिएका छन । घाइतेहरुले नारायणी अस्पताल भरिएको छ ।बारा र पर्साका विभिन्न स्थानमा आएको हावाहुरीका कारण २५ जनाको मृत्यु भएको र ४ सयभन्दा बढी घाइते भएको भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले ट्वीट गरेका छन्।

अहिलेसम्ममा धनजनको के–कति क्षति भयो भन्ने बारेमा कुनै जानकारी भने आइनसकेको प्रहरीले न्यूज लफ नेपाललाई जानकारी दियो । घाइतेहरुलाई एमबुलेन्स, ई–रिक्सा, मोटरसाइकल लगाएतले उद्धार गरिरहेको जानकारी गराइएको छ ।

हावाहुरीले सडकमा रुखहरु ढालेकोले उदरमा समस्या परेको प्रहरीले जानकारी दिएको छ । प्रहरी महानिरीक्षक सर्बेन्द्र खनालले जिल्ला प्रहरी कार्यालयलाई उद्यारमा कुनै कसुर बाँकी नराख्न निर्देशन दिए ।

सुरक्षा अधिकारीहरुका अनुसार तिब्र गतिमा आएको हुरीबतासले जिल्लाको भलोहीभर्वोलिया र पर्सौनीमा सर्वसाधारणले ज्यान गुमाएका हुन ।

तिव्र गतिमा आएको हुरीका कारण ढलेका विजुलीका पोल, रुख र घरका पर्खा्रलमा च्यापिएर घरभित्र बसेका उनीहरुको मृत्यु भएको थियो । हुरिबतासका कारण पचास जना भन्दा बढी घाइते भएको अनुमान छ । मृत्यु हुने र घाइतेको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । महानिरीक्षक खनालले घटनास्थलमा प्रहरी परिचालन भइसेको र तदारुकताका साथ घाइते उद्धार र मृतकको खोज तलास भइरहेको जानकारी दिए ।

यसैबीच प्रधानमन्त्री केपी शर्मा ओलीले डरलाग्दो ऑधि/हुरीबाट धनजनको अकल्पनीय क्षति भएको भन्दै दुःख व्यक्त गरेका छन्।

सामाजिक सञ्जाल ट्विटरमा उनले भनेका छन्, ‘यस आकस्मिक क्षतिप्रति गहिरो दु:ख व्यक्त गर्दछु। उद्दारमा सुरक्षाकर्मीहरू परिचालित भईसकेका छन्।’

उद्धारमा गंभीर हुन र घाईतेको उपचारमा कुनै कमी आउन नदिन समेत प्रधानमन्त्रीले निर्देशन गरेको ट्विटमा उल्लेख छ।

प्रमुख जिल्ला अधिकारी राजेश पौडेलले भने जिल्लामा १४ जनाको मात्र मृत्यु भएको पुष्टि गरे । उनका अनुसार कलैया अस्पतालमा १३ जना घाइतेको उपचार भइरहेको छ । प्रहरी उपरिक्षक सानुराम भट्टराईले मृतकको संख्या अझै बढ्न सक्ने जानकारी दिए । रातिको समय भएकोले सबै सुचना प्राप्त भइनसकेको उनले उनले बताए ।

घातेहरुको कलैया र वीरगन्ज अस्पतालमा उपचारको लागि लगिएको उनले जानकारी दिए । फेटा गाउँपालिकाको भलोहिभरवलीया टोलमा विद्युतको पोल घरमाथि ढलेर ४ जनाको मृत्यु भएको छ । त्यहाँ २० जना भन्दा बढी घाइते भएका छन् । राति ९ बजेदेखि आधा घण्टासम्म असिनापानीसंगै हुरीबतास आएको थियो ।

घाइतेहरुको उद्धार गर्दै उपचारको लागि अस्पतालमा पु्र्याउने काम भइरहेको प्रहरी उपरिक्षक भट्टराईले बताए । ‘सबैतिरबाट मानवीय र भौतिक क्षतिको संकलन भइरहेको छ,’ उनले भने, ‘मानवीय क्षति बढी भएको छ ।’ फेटा गाउ“पालिका, कलैया उपमहानगरपालिकाको धर्मनगर, सुवर्ण गाउँपालिकाको हर्दियालगायतको ठाउ“मा मानवीय क्षति भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । जिल्लाको पसौ्र्र्रनी, भलोही भर्भोलियामा सयैं घरका छाना हुरीले उडाएको र भत्किएका पनि छन ।

असिनाले बालीनालीमा ठुलो क्षति पुगेको छ । टेलिफोन सेवामा क्षति पुर्याएको छ । विद्युतको पोलहरुमा ठुलो क्षति भएको छ । सयौं घरका छानाहरु हावाहुरीले उडाएको छ ।