पर्वत । नेत्रविक्रम चन्द नेतृत्वको एक जिल्लास्तरीय नेतालाई प्रहरीले पक्राउ गरेको छ । पर्वतको फलेवास नगरपालिका–७ लिमिठानाका धर्म पौडेल आज पक्राउ परेका हुन् ।
नेकपा पर्वतका जिल्ला सदस्यसमेत रहेका पौडेललाई जिल्ला प्रहरी कार्यालय पर्वतको टोलीले उनकै निवासबाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक भुवनेश्वर तिवारीले जानकारी दिए ।
पक्राउ परेका पौडेललाई जिल्ला प्रहरी कार्यालयको हिरासतमा राखिएको छ । केही दिन पहिले म्याग्दी र कास्कीबाट पनि विप्लवका नेता तथा कार्यकर्ता पक्राउ परेका थिए ।











प्रतिक्रिया