राप्रपाको कमाण्डर बुद्धिमान तामाङ्ग


आन्दोलन प्रभावकारी बनाउन जनसंघर्ष परिचालन समिति गठन

नेपाल समाचारापत्र
काठमाडौं
राष्ट्रिय प्रजातन्त्र पार्टीले जनसंघर्षका कार्यक्रमलाई प्रभावकारी ढंगले सञ्चालन गर्न जनसंघर्ष परिचालन समिति गठन गरेको छ । वरिष्ठ उपाध्यक्ष बुद्धीमान तामाङको संयोजकत्वमा गठित सो समितिको सल्लाहकारमा पार्टी अध्यक्ष कमल थापा तथा वरिष्ठ नेताहरु दिपक बोहोरा र बालाराम घर्तीमगर तथा सदस्य सचिबमा महामन्त्री भास्कर भद्रा रहनुभएको छ ।

प्रवक्ता सुशील श्रेष्ठका अनुनसार नवगठीत जनसंघर्ष परिचालन समितिको सदस्यहरुमा पार्टीका केन्द्रीय पदाधिकारी एवं सदस्यहरु, प्रदेश कार्य समितिको अध्यक्ष, विभागीय प्रमुखहरु, भातृ संगठनका प्रमुखहरु तथा काठमाडौं उपत्यकाका तीनवटै जिल्लाका अध्यक्षहरु रहनुभएको छ ।

आज राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा बसेको बैठकमा बोल्दै राप्रपा अध्यक्ष कमल थापाले जनसंघर्षका कार्यक्रमलाई सफल बनाउन पार्टीका सबै तहलाई सक्रिय हुन निर्देशन दिनु भएको छ । अध्यक्ष थापाले राष्ट्रियताको संरक्षण, प्रजातन्त्रको सुदृढिकरण, स्वाधिन र समृद्ध नेपाल निर्माणको निमित्त राजनैतिक दलहरुले दलिय स्वार्थभन्दा माथि उठेर सोच्नु पर्ने समय आएको वताउनु भएको छ । गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताले मुलुकलाई स्थीरता तर्फ लैजान नसकेको चर्चा गर्दै अध्यक्ष थापाले संविधानमा रहेको धर्मनिरपेक्षता खारेज गरि पूर्ण धार्मिक स्वतन्त्रता सहित नेपाललाई हिन्दुराष्ट्र घोषणा गर्न, राजसंस्था सहित सबै राजनीतिक शक्तिहरु अटाउने नेपाली संस्करणको मौलिक प्रजातन्त्र कायम गर्न अविलम्व सर्वपक्षीय गोलमेच सम्मेलन गर्न र संघीयता बारे जनताको प्रत्यक्ष अभिमत बुझ्न राष्ट्रिय जनमत संग्रह गर्न आवश्यक रहेको वताउनु भयो । सरकारले यी मागहरु अबिलम्ब सम्बोधन गरी मुलुकलाई सही दिशा तर्फ लैजानु पर्नेमा अध्यक्ष थापाले जोड दिनु भयो ।

राप्रपाले हिन्दु राष्ट्र पुनस्र्थापनाको लागि चरणबद्ध आन्दोलनको घोषणा यसअघि नै गरिसकेको छ । जस अनुसार चैत्र १२ देखि १६ गतेसम्म प्रचारप्रसार, चैत्र १७ देखि २३ गतेसम्म हिन्दु राष्ट्रको पक्षमा देशव्यापी हस्ताक्षर संकलन अभियान, चैत्र २५ गते केन्द्रमा सिंहदरबार अगाडि, प्रदेशमा प्रदेश राजधानीमा र जिल्लामा जिल्ला सदरमुकामहरुमा १ घण्टे धर्ना, चैत्र २८ गते सम्पूर्ण स्थानीय तहको न्द्रमा १ घण्टे धर्ना, बैसाख ५ गते सम्पूर्ण जिल्ला सदरमुकाममा धर्म निरपेक्षताको व्यानर÷प्लेकार्ड जलाउने तथा बैसाख ८ गते देशका सम्पूर्ण राजमार्ग र चोकहरुमा दिनको १२ देखि २ बजेसम्म २ घण्टे सत्याग्रहका कार्यक्रमहरु रहेका छन् ।