तेस्रो लगानी सम्मेलनमा राष्ट्र गानको अपमान

0
Shares

काठमाडौँ । देशको आर्थिक समृद्धिमा टेवा पुर्‍याउने लक्ष्यसहित वैदेशिक लगानी वृद्धि गरीे उद्योगधन्दा र कलकारखानाको विकास गर्न आजदेखि काठमाडाैंमा सुरु भएको तेस्रो लगानी सम्मेलनमा राष्ट्र गानको अपमान भएको छ ।

सरकारले गरेको अन्तराष्ट्रिय कार्यक्रममा राष्ट्रय गान बजाउने समयमा अम्बर गुरुङकाे सँगीत रहेकाे नेपालको वर्तमान राष्ट्रगान सयौं थुंगा फूलका हामीको रिमिक्स ट्रयाक बजाएको हो ।

सम्मेलनमा निजी क्षेत्र र सरकारका गरी कूल ७७ परियोजनालाई ‘शो केश’ मा राखिने तयारी छ । सम्मेलन कै क्रममा एक दर्जन बढी परियोजनामा हस्ताक्षर गर्ने योजना छ ।

सम्मेलन सफल बनाउन निज क्षेत्रसमेत उत्साहित भएर लागेको छ । दुई दिने सम्मेलनमा ४० देशका ६०० बढी सरकारी प्रतिनिधि, उद्योगी, व्यवसायीको सहभागी रहने छ ।